घर-घरमै डाक्टर र जनप्रतिनिधि, विरामीको पेटबाट ८ लिटर पानी निकालियो

असोज २०, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका –६ स्थित सिताधाप की ७२ बर्षीय गोपालनी लिम्बु विरामीले थलिएका छन् ।

लामो समयदेखि विरामीले थलिएकी लिम्बुको कानेपोखरी गाउँपालिकाले चासो व्यक्त गरेको छ । जहाँ विरामी त्यहाँ गाउँपालिकाका जनप्रनिनिधि र डाक्टर पुग्दै आएका छन् । विहिबार मात्र गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकरीको नेतृत्वमा वडा नं. ६ का वडा अध्यक्ष खड्ग बस्नेत, वडा सदस्य तथा कार्यपालिका सदस्य सुशिला श्रेष्ठ, कानेपोखरी अस्पतालका डा. अभिजित खड्का र अस्पतालका प्रशासन प्रमुख रोहिन्द्र कुमार राजभण्डारी स्वास्थ्य स्थिती बुझ्न सिताधाप पुगेका थिए ।

१ बोरा चामल, नुन, तेल र दाल सहितको खाद्य सामाग्री लिएर जनप्रतिनिधि र स्वास्थ्यकर्मी विरामीको स्वास्थ्य स्थिती बुझ्न त्यहाँ पुगेका हुन ।

विरामीको पेट अत्यन्तै सुनिएको थियो । त्यहाँ विरामीलाई पीडा उतिकै थियो । पेट सुनिएर सिधा सुत्न नहुने, ढल्कीनु नहुने रातदिन बसेर समय विताउनु पर्ने कष्ट भोग्दै आएका थिए ।

गोपालनी लिम्बुको त्यो पीडा देखेर गाउँपालिकाले शुक्रबार गाउँपालिकाको उपाध्यक्ष सवार गर्ने गाडीमा राखेर कानेपोखरी अस्पताल ल्याई सामान्य उपचार गरिदिएका छन् । कानेपोखरी अस्पतालमा ८ लिटर पानी निकालेर फ्याकेको अस्पतालका प्रशासन प्रमुख रोहिन्द्र कुमार राजभण्डारीले बताए । विरामीलाई पुन ७ दिनपछि अस्पताल बोलाएको भण्डारीले बताए । उपचार पछि उनी सिधा भएर सुत्न सक्ने छन् तर यो नै सवै उपचार नभएको डा. अभिजित बताउँछन् ।

गोपालनी लिम्बुको हेरचार गर्ने ८६ बर्षीय गोपाल लिम्बु छन् । दुई छोरा र दुई छोरी छन् । छोरीहरुको विवाह भईसकेका छन् भने जेठो छोरा बेपता छन् । कान्छो छोरो छुटटीएर बसेका थिए । आमा लामो समय विरामी भएपछि गाउँघरका छिमेकीहरुले अहिले बुबाकै घरमा हेरविचारको लागि बसाएका छन् ।

कानेपोखरी गाउँपालिकाको एकान्त, विकट ठाउँ रहेको सिताधापमा जंगलको बाटोभएर अहिले बल्ल तल्ल एम्बुलेन्स पुग्ने बाटो बनेको छ ।

 

सम्बन्धित खवर