कानेपोखरी गाउँपालिकाको चौधौं गाउँसभा सम्पन्न, ३ वटा बिधेयक पारित

राजकुमारी तामाङ
असोज २५, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको चौधौं गाउँअधिबेशनले ३ वटा बिद्येयक पास गर्दै सम्पन्न भएको छ ।

बुधबार भएको गाउँसभाले सहकारी बिधेयक २०८० जलश्रोत उपयोग तथा व्यवस्थापन बिधेयक २०८० र नागरिक उपचार सहायता कोष परिचालन (पहिलो संशोधन) बिधेयक २०८० पारित गरेको हो । गाउँपालिका अध्यक्ष राजमती इङ्गनामद्धारा प्रस्तुत बिधेयक माथी सभाका सदस्य श्री दिपेश कुमार थापा र रखिलाल चौधरीले आफ्नो मत राखेका थिए ।

गाउँसभाका सदस्य दिपक लुइटेल र दुर्गा माया नेपालीले सभाको शून्य समय लिएर आफ्नो बिषय प्रस्तुत गरेका थिए । लुइटेलले जनताका गुनासा सुन्ने गुनासा समिति बन्नुपर्नेमा जोड दिर्दै जनतालाई सरकारको हरेक कामको सुशुचित गराउनुपर्ने बताए । यस्तै दुर्गा नेपालीले दलित सशक्तिकरण ऐनको मस्यौदा माथि छलफल तथा सभामा टेबुलिङ नभएकाले आपत्ती जनाइन् ।

जवाफमा पालिका अध्यक्ष राजमती इङ्गनामले अर्को हिउदे अधिवेशनमा पास गर्ने घोषणा गर्दै १४ औँ सभा सम्पन्न भएको जानकारी गराएका थिए ।

सम्बन्धित खवर