बुधबार, कार्तिक २६, २०८२

५ नं. वडाको सेवा प्रवाहको समिक्षा तथा विद्यार्थी सम्मान

दुर्गेश खतिवडा
२८ असोज, जहदा । कानेपोखरी गाउँपालिका वडा नं. ५ बाट भएको सेवा प्रवाहको समिक्षा तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार वडा नं. ५ को वडाकार्यालयको प्राङ्गणमा भएको कार्यक्रममा आर्थिक बर्ष २०७९/२०८० सम्पन्न योजना र आर्थिक बर्ष २०८०/२०८१ को स्विकृत योजनाको समिक्षा गरिएको हो ।

वडा अध्यक्ष चरण गुरुङले आर्थिक बर्ष २०७९/२०८० मा ३९ वटा योजना सम्पन्न भएको र
आर्थिक बर्ष २०८०/२०८१ को ३६ वटा योजना तथा कार्यक्रम वडा समिती तथा गाउँसभाबाट स्विकृत गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउने सलोन देबकोटा, सलिसा धिमाल, सामुदायिक बिधालयबाट दिक्षान राई, सरिता कुमारी यादब र कक्षा १२ बाट सुस्मिता कार्कीलाई नगद ३ हजार सहित सम्मान पत्रले सम्मान गरेका छन् । उनिहरुलाई गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारीले सम्मान गरेको थियो ।

वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, विशिष्ट अतिथि उपाध्यक्ष भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत बिष्णुकुमार थेगुवा रहेका थिए ।

त्यसैगरी अतिथिहरुमा कार्यक्रममा श्रीमाबी भौसावारीका शिक्षक राजु बोहोरा, केरौन कालिकोशी खानेपानी उपभोक्ताका अध्यक्ष भोज कुमार राई, जनजागृती सामुदायी वन उपभोक्ता समुहका अध्यक्ष भोजराज श्रेष्ठ, नेपाली कांग्रेसका वडा अध्यक्ष टेक बहादुर मगर, एमाले वडा अध्यक्ष भुपाल खवास, माओवादी केन्द्र वडा सचिव अनिल धिमाल, जागृती साकोसका अध्यक्ष बिरेन्द्र श्रेष्ठ जनचेतना साकोसका कृष्णमाया बिष्ट, जनता आधारभूतका शिक्षक असोक शाह र केरौन साकोसका अध्यक्ष गंगा कुमार यादव रहेका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.