आइतवार, जेष्ठ २४, २०८३

धिमाल जाति विकास केन्द्र बयरवनद्धारा एकदर्जन व्यक्ति सम्मानित

११ मंसिर, कानेपोखरी । कानेपोखरी गाउँपालिका स्थित धिमाल जाति विकास केन्द्र बयरवन गाउँटोलको १३ औं वार्षिक साधारण सभामा एक दर्जन व्यक्तित्व सम्मानित भएका छन् ।

शनिबार वडा नं. ६ को भलुवा महाराज धिमाल ग्रामथानमा सम्पन भएको सभाले विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई संस्थाले सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा जेष्ठ नागरिक सुपारी धिमाल, हराई धिमाल, गन बहादुर धिमाल र चखाई धिमाल रहेका छन् ।

त्यसैगरी कक्षा १२ पास हुने वडा ४ का सुसन धिमाल र वडा ६ का सलिना धिमाललाई पनि सम्मान गरिएको थियो । कानेपोखरी अस्पतालमा कार्यरत सागर धिमाल, नेपाली सेनामा कार्यरत रक्षा धिमाल, संिर्मला धिमाल, नेपाल प्रहरीमा कार्यरत विमला धिमाललाई पनि सम्मान गरिएको थियो । त्यस्तै गाउँटोलमा महत्वपूर्ण योगदान पुर्याउनु हुने सूर्यबहादुर धिमाल र मंगलसिंह धिमाललाई पनि सम्मान गरिएको धिमाल जाति बयरवन गाउँटोल समितिका सचिव सुनिल कुमार धिमालले बताए ।

साधारण सभा धिमाल जाति विकास केन्द्र बयरवन गाउँटोल समितिका अध्यक्ष भगतराम धिमालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद माननीय नम्बर लाल धिमाल, विशिष्ट अतिथी कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्नाम, अतिथीहरुमा वडा अध्यक्ष खड्ग बहादुर बस्नेत, वडा सदस्य प्रदिप राइर्, धिमाल जाति विकास केन्द्रका महिला तथा बालबालिका विभागीय प्रमुख पम्फा धिमाल, केन्द्र सदस्य कानेपोखरी गाउँपालिकाका रत्नी माया धिमाल, केन्द्रका संस्थापक तथा सल्लाहकार सुर्य बहादुर धिमाल, मोरङ जिल्ला अध्यक्ष पित बहादुर धिमाल, सचिव मनोज धिमाल, कानेपोखरी गाउँपालिका धिमाल समितिका अध्यक्ष प्रकाश धिमाललगाएत रहेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.