भदौ २१ गते, कानेपोखरी । मोरङको इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा रहेको ५ जना विरुद्ध मृतक पराजुलीको भाईले ज्यान सम्बन्धि कसुरमा ११ दिन पछि किटानी जाहेरी दिएका छन् ।
कानपोखरी –४ का ५५ बर्षीय बाबुराम पराजुलीको मृत्यु प्रकरण संकास्पद रहेको भन्दै मृतकका भाई ४७ बर्षीय प्रेमप्रसाद पराजुलीले हिजो शनिबार जाहेरी दिएको हो । मृतकका भाई बेलबारी नगरपालिका –५ स्थित रामपुर बस्दै आएका छन् । उनले सत्यतथ्य सहित छानविन गरी दोसी रहे कानुन बमोजिम सजाय दिन माग गर्दै जाहेरी दिएका थिए ।
कानेपोखरी–४ का २४ बर्षीय चिरञ्जीवि दाहाल, ३६ बर्षीय दिपक पराजुली, ३६ बर्षीय इन्द्र बहादुर दर्जी, ४९ बर्षीय अशोक दर्जी र वडा नं. ५ का ४९ बर्षीय तारा कुमार दर्जी विरुद्ध जाहेरी दिएका हुन ।
बाबुरामको भदौ ८ गते सोमबार दिउँसो विद्युतीय तारको माध्यमबाट स्थानीय रातेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गएको थियो । भदौ ११ गते सोमबार प्रहरीले संकास्पद ५ जनालाई बयरवन बजारबाट पक्राउ गरेका थिए । पराजुलीको शव मंगलबारे अस्पतालमा पोस्टमार्टम गरी भोलि पल्ट नै अन्त्यष्टी गरिसकेका थिए । निगुरो टिप्ने क्रममा मृत्यु भएको भन्ने भ्रममा आफ्न्तले अन्त्यष्टी गरेको उनका भाई प्रेमप्रदाले बताए । पोष्टमार्टमको रिपोर्ट इप्रकामा आइपुगेको छैन ।
घटना यसरी घटेको थियो :
भदौ ८ गते सोमबार दिउँसो कानेपोखरी –४ स्थित बयरवन उत्तर पटी रातेखोलामा मृतक पराजुली र पक्राउ परेका ५ जना विद्युतीय तारको माध्यमबाट माछा मार्न गएका थिए । माछा मार्ने क्रमा खेत विचको घरबाट अवैध तरिकाले विद्युत जोडेर ल्याएको करेन्टले पराजुलीको मृत्यु भएको थियो । करेन्टले खोलामै मृत्यु भएको पराजुलीलाई सोही अन्य ५ जनाले खेतको विचको घरको आगँन सम्म बोकेर ल्याएर मृत्युबारे प्रहरीलाई खबर गरेका थिए ।
तर उनिहरुले निगुरो टिप्ने क्रममा मृत्यु भएको रिपोर्ट प्रहरीलाई दिएका थिए । पानीमा टाउँकोको भाग गाडीएको अवस्थामा मृत्यु भएको भनेर प्रहरीलाई झुटो रिपोर्ट दिएको थिए । मृत्यु भएकै दिन मृत्यु संकास्पद रहेकोले अनुसन्धान गर्नुपर्ने केही स्थानीयहरुले प्रहरीलाई माग राखेपछि प्रहरीको अनुसन्धानले निगुरो टिप्ने क्रममा नभएर करेन्टले मृत्यु भएको खुले पछि घटनामा संलग्न ५ जनालाई पक्राउ गरेको इप्रका पथरीका डिएसपी दिलिपकुमार गिरीले बताए ।