संक्रमितको मृत्यु भएपछि ७ नम्बर वडामा तीन दिन लकडाउन

कात्र्तिक १८ गते, पथरी । कोरोना संक्रमितको मृत्यु भएपछि मोरङको कानेपोखरीको ७ नम्बर वडा तीन दिनको लागि बन्दावन्दी(लकडाउन) भएको छ ।

मृतक संक्रमितलाई धेरैले छोएको र मृतकको कन्ट्रयाक टे«सिङमा ४०–५० जना सम्म पर्ने भएपछि समुदाय स्तरमा संक्रमण फैलिई थप जोखिम बढ्न सक्ने भएकोले तीन दिन लकडाउन गरेको हो । मंगलबार गाउँपालिकाले विज्ञप्ती प्रकाशित गर्दै बन्दाबन्दी(लकडाउन) बारे वडाबासीहरुलाई जानकारी गराएका छन् ।

प्रकाशित विज्ञप्तीमा वडा कार्यालयबाट हुने सम्पूर्ण सेवाहरु, वडा क्षेत्र भित्रका सहकारी तथा विभिन्न संघसंस्था, वडा क्षेत्र भित्रका औषधि, भेटनगरी, सागसब्जी र दुधजन्य बाहेक अन्य सवै किसिमका पसलहरु बन्द रहने उल्लेख छ ।

सोमबार वडा नं. ७ स्थित शुक्रबारेका ७० बर्षिय पुरुषको कोरोण संक्रमणबाट मृत्यु भएको थियो । उनको टाउँको दुख्ने लक्षण भएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार स्वाब लिएको थियो । कोरोण टेष्ट पोजेटिभ भएको रिपोर्ट सोमबार विहान आएको स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले बताए ।

संक्रमितको मृत्यु हुन साथ रिपोर्ट पनि आएको र मृतकलाई आफ्न्त र धेरै स्थानीयले छोएकोले संक्रमण बढ्ने संभावना रहेको स्वास्थ संयोजक राजभण्डारीले बताए ।

 

सम्बन्धित खवर