मंसिर २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिग फुटबल खेलमा हिमाअस हाइवे र हेरिका न्यूस्टार बराबरी भएका छन् ।
सोमबार भएको खेलको १९ औँ मिनेटमा हिमाअस हाइवेका आशिस गुरुङले १ गोल गरेर टिमलाई बलियो बनाएका थिए । हिमाअस हाइवेका खेलाडीले खेल अवधी भर पटक पटक पाएका सुनौलो अवसरलाई गोलमा परिणत गर्न नसक्दा १ गोलमै चित्तबुझाँउनु पर्र्यो ।
हेरिका न्यूस्टारका मिन धिमालले खेलको ४३ आंै मिनेटमा पेनाल्टी सुटबाट १ गोल गर्दै खेललाई बराबरी बनाएका थिए । हिमाअस हाइवेको डिबक्स एरियामा फल भएपछि हेरिका न्यूस्टारले पेनाल्टी सुट गर्ने अवसर पाएको थियो । यसअघिको खेलका हाइवेले बराबरी खेलेको थियो भने न्यूस्टारले हार ब्यहोरेको थियो ।
खेलको म्यान अफ द म्याच हेरिका न्यूस्टारका मिन धिमाल घोषित भए । धिमाललाई कार्यक्रमको प्रमुख अतिथि वडा नं. ३ का वडाध्यक्ष डम्बर चेम्जोङले पुरस्कृत गरेका थिए । धिमाल ए डिभिजनको थ्री स्टारको खेलाडि हुन् ।
मंगलबारको खेल सिखर एफसी र सिरिजङ्गा फुटबल क्लबबीच हुने आयोजक समितिको संयोजक संञ्जीव गिरीले बताए । दुबै टिम ‘ए’ पोलको टिम हो । सिरिजङ्गा पहिलो चरणको खेल जित्दै ३ अंक प्राप्त गरेको टिम हो भने शिखर फुटबल क्लब हिमाअस हाइवेसँग बराबर खेल्दै १ अंक सहित दोस्रो चरणमा प्रबेस गरेको टिम हो । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।