अव्यवस्थित र भूमिहिनको वडामा लगत संकलन कार्य सुरु

माघ १८ गते, पथरी । भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोगले अघि सारेको कार्यक्रम अनुरुप मोरङको पथरीशनिश्चरे नगरका वडा वडामा लगत संकलन कार्य सुरु भएको छ ।

नगरले प्रत्येक वडाका लागि नियुक्त गरेका ३,३ जना कर्मचारीमार्फत आज वडा नम्बर २, ३ र ७ मा लगत संकलन कार्य सुरु भएको छ । भोलीबाट अन्य वडामा पनि लगत संकलनको काम अघि बढ्ने नगरपालिका कार्यालयले जनाएको छ ।

आज वडा नम्बर ७ को उज्यालो टोलबाट फारम भरेर लगत संकलन कार्य प्रारम्भ गरिएको हो । त्यहाँका १५ घर परिवारको आज लगत संकलन भएको छ । २ को बुद्धचोकबाट र ३ को भोटघुम्ती क्षेत्रबाट लगत संकलनको काम थालिएको छ ।

कँही कतै आफ्नो र परिवारको नाममा जग्गा नभएको तथा ऐलानी जग्गा भोग गरेकाले अनुसूचि ३ को ‘भूमिहीन सुकुम्बासी’ फारम भर्नुपर्ने र अन्यत्र केही जग्गा समेत भएको तर १० वर्षअघिदेखि आफुले ऐलानीपर्ति जग्गा जोतभोग गर्दै आएकाले अनुसूचि ४ को ‘अव्यवस्थित बसोबास’को फारम भर्नुपर्ने हुन्छ । नगरमा बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालय स्थापना गरी १० वडाबाट ३,३ जनाका दरले कर्मचारी नियुक्त गरिएको छ ।

सम्बन्धित खवर