असोज १५ गते, पथरी । मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले १६ र्औ बार्षिक साधारण सभा समापन गरेको छ । साधरण सभामा दुई पत्रकार सहित नौ जनालाई सम्मान गरेको छ ।
वन समूहले शुक्रबार पत्रकार कुमार खड्का र ईश्वर दुलाललाई सम्माण पत्र र मायाको चिनोले सम्मान गरेको हो । त्यसैगरी संस्थाको पूर्व पदाधिकारी सदस्यहरु रोहित बास्तोला, कुमारी साही, चन्द्रकला गुरुङ, खड्गप्रसाद राई, टंकप्रसाद घिमिरे, कृष्णप्रसाद घिमिरे र भक्तबहादुर लकान्द्रीलाई पनि सम्मान गरेको छ ।
वन समूहका अध्यक्ष काबुलबहादुर(विकास)मगरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष यामप्रसाद गुरागाई, वैज्ञानिक वन सञ्जालका केन्द्रीय उपाध्यक्ष दिलराम राई, हरियाली वन कम्पनीका अध्यक्ष अशोक साम्पाङ राई, संस्थाको लेखा परीक्षण गर्दै आएका सीए एकराज सिग्देल र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष काबुलबहादुर मगर, आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिलबहादुर तामाङ र लेखा समितिको प्रतिवेदन संयोजक रमेश दाहालले प्रस्तुत गरेका थिए । हरियाली वन वन ब्याबस्थापनमा नेपालकै प्रथम हुनुको साथै समूहका अध्यक्ष काबुलबहादुर मगर वन क्षेत्रको राष्ट्रिय अभियान्ताको रुपमा सरकारी निकायबाट सम्मानित पुरस्कृत भएका ब्यक्ति हुन् ।
सामुदायिक वनले करिव तीन सय क्षमताको एसीसहितको सभा हल निर्माण गरेका छन भने ५० करोड बढीको योजनामा पर्य पर्यटन क्षेत्रको रुपमा बिकास भइरहेको छ । जसको लागि उपभोक्तहरुबाटै पब्लिक कम्पनी दर्ता गरेर काम सुरु भइसकेको छ ।