दाङको गढवा गाउँपालिकाबाट पथरीशनिश्चरे नगरको गतिविधिको अवलोकन

फागुन २६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरले पशुपंक्षीका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गरेको जानकारी पाएर दाङस्थित गढवा गाउँपालिकाबाट आज पशुपंक्षी तथा मत्स्य सम्बन्धी गतिविधिको अवलोकन भएको छ ।

दाङस्थित गढवा गाउँपालिकाको पशुपंक्षी शाखा प्रमुख अनन्तराज रेग्मी, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा सहित १७ जना कर्मचारी र २८ जना अगुवा कृषकसहितको ४५ जनाको टोलीले नगर क्षेत्रमा सञ्चालित प्रभावकारी कार्यक्रमहरुको अवलोकन भ्रमण गरेको हो ।

शाखा प्रमुख हेमचन्द्र दहालले पशुपंक्षी तथा मत्स्य सम्बन्धी नगरले गरेका महत्वपूर्ण गतिविधिका बारेमा जानकारी गराउँदै ती क्षेत्रको भ्रमण गराएका थिए । ३ नम्बर वडास्थित पूर्वीमोरङ बाख्रा पालन समूहको बाख्रा, बंगुर पकेट कार्यक्रम, माछा ब्लक, आहारा मिसन अन्तर्गत पशु आहाराका गतिविधि, पालिकामा सञ्चालित नेपालकै पहिलो जीओकृषिका एप, सामुदायिक कुकुर वन्ध्याकरण सहितका प्रमुख कार्यक्रम जानकारी गराइएको थियो । सो समूहले नगरको कार्यक्रम प्रभावकारी भएको जनायो ।

 

सम्बन्धित खवर