दादुरा, रुवेला खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

साउन २८, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप अभियान आजदेखि सवै वडामा सुरु हुने भएको छ ।

शनिबार वडा नं. ४ स्थित कानेपोखरी अस्पतालमा दादुरा र रुवेला विरुद्धको खोप अभियान अन्तरगत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजका अगुवा, विद्यालयको प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि कार्यक्रममा सहभागिता भएका थिए ।

वडा नं. ४ ले ४ वटा खोपकेन्द्र निर्धारण गरेको छ । नारायण चोक र पिङडाँडा २८ गते, पिनाकल ज्ञानमन्दिर २९ गते, प्रणामी डाँडा र रमाइलो बालजगत स्कुल ३० गते र जनता आधारभूत र कानेपोखरी अस्पताल ३१ गतेको मिति तया गरिएको छ । पालिकाको सवै वडामा साउन २८ गतेदेखि ३२ गते सम्म खोप संञ्चालन गर्ने तयारी गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

वडा–वडामा वैठक र छलफल गरी खोप लगाउने केन्द्रको निर्णय गरी खोपकेन्द्रहरु वडा कार्यालयले सार्वजनिक गरिसकोको कानेपोखरी अस्पतालका प्रशासन प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले बताए । वडाको सवै विद्यालयहरुमा खोपकेन्द्र राखिएको छ ।

 

सम्बन्धित खवर