दोस्रो चरणको जनगणना कार्तिक २५ देखी मंसिर ९ सम्म हुने

कात्र्तिक २४ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित स्थानीय जनगणना कार्यालयले भोली विहिबारबाट सुरु हुने दोस्रो चरणको राष्ट्रिय जनगणना कार्यका लागि गणकहरुसँग गणकहरुको परिचालन, ब्यवस्थापन, सुपरीक्षणका विषयमा छलफल गरेको छ ।

जनगणनाका लागि पहिलो चरणको घरपरिवारको विवरण संकलन कार्य सकिएकाले अव दोस्रो चरणको जनगणनाका लागि मुख्य प्रश्नावली फारम भर्ने कार्य कार्तिक २५ बाट मंसिर ९ सम्म हुने छ । गणनाका बारेमा स्थानीय जनगणना कार्यलयका सविना राई र गुणराज थापाले सहजिकरण गरेका थिए ।

जनगणनामा पथरी शनिश्चरेका लागि ८१ र कानेपोखरीमा ४८ जना गणक खटिने छन् ।

सम्बन्धित खवर