प्रदेश स्तरीय तेक्वाण्डोको उपाधि आयोजक कानेपोखरीले हात पार्र्यो

कात्र्तिक २७ गते, कानेपोखरी । प्रथम अध्यक्ष कप, १ नम्बर प्रदेश स्तरीय आई.टी.एफ.तेक्वाण्डो प्रतियोगितामा उपाधि आयोजक टिम कानेपोखारी आई.टी.एफ.तेक्वाण्डो डोजाङ्ले हात पारेको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–६, स्थित जनसेवाको खेल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक टिम मोरङले प्रथम ८ वटा, दोस्रो ८ वटा, तेस्रो ९ वटा पदक जित्दै उपाधि हात पारेको हो । त्यसैगरी सुनसरी दोस्रो स्थान भएका छन् । सुनसरीले प्रथम ८ वटा, दोस्रो २ वटा र तेस्रो ३ वटा पदक जित्दै प्रदेश स्तरीय तेक्वाण्डोको प्रतियोगितामा दोस्रो स्थानको उपाधि हात पारेको थियो । खेलको दोस्रो दिन तथा फाइनल खेलमा २०—२५ देखी ८१ केजी तौल सम्म पुरुष र २०—२५ देखी ७१ केजी तौल सम्म महिलाको प्रतिस्पर्धा गरिएको थियो ।

त्यसैगरी झापा तेस्रो भएका छन् । झापाले प्रथम ७, दोस्रो ९ र तेस्रो ६ वटा पदक जित्दै प्रदेश स्तरीय तेक्वाण्डोको प्रतियोगितामा तेस्रो स्थानको उपाधि हात पारेको छ । प्रतियोगितामा बिजेता, उपबिजेता र तेस्रो हुनेलाई क्रमस १०, ८ र ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । खेलाडीहरुलाई कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्ले, अतिथिहरु आईटिएफ तेक्वाण्डो डोजाङ १ नम्बर प्रदेश अध्यक्ष प्रविन कुमार कार्की, आइटिएफ तेक्वान्डो केन्द्रिय अध्यक्ष अन्जन धमला लगायतले पुरस्कार वितरण गरेका थिए । प्रथम पुरस्कार र दोश्रो पुरस्कारको प्रायोजन क्रमशः कानेपोखरी ६ मा रहेको माउन्ट हर्मोन चिल्ड्रेन ऐकेडेमी र वडा नं. ६ मै अवस्थित उज्ज्वल भविष्य बाल क्लबले गरेका हुन भने तेश्रो पुरस्कारको व्यवस्थापन आयोजक कानेपोखरी आइटिएफले गरेको हो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी महिला तर्फबाट आयोजक मोरङ्की इन्दिरा थापा भएका थिए । त्यसैगरी पुरुषतर्फ सुनसरीका निकेश कटुवाल भए । अनुशासन टिमको उपाधी पाँचथर जिल्लाले पाएका थिए । यो तीन वटा पुरस्कारकोे प्रायोजन कानेपोखरी ६ रमाइलो फ्लेक्सका प्रोपाइटर सागर धिमालले गरेका थिए । समापन कार्यक्रम आयोजक टिमका अध्यक्ष युवराज भुजेलले गरेका थिए भने कार्यक्रम संचालन एविन पाठकले गरेका थिए । प्रतियोगितामा मोरङ, सुनसरी, उदयपुर, झापा, ताप्लेजुङ, इलाम, पाँचथर, संखुवासभा, तेह्रथमु, धनकुटा, भोजपुर, खोटाङ, र आयोजक कानेपोखरी गरि २५० खेलाडी सहभागि थिए ।

खेलको पहिलो दिन
एकल इस्पारिङ तर्फ जुनियर महिला तर्फ २० देखी २५ केजी तौल सम्मको प्रतियोगितामा सुनसरीका सदिक्षा राई प्रथम, आयोजकका सुनिता तामाङ द्धितीय र आयोजककै सुवानी राजभण्डारी र जेनिसा धिमाल तृतीय भएका छन् । त्यसैगरी एकल स्पाईरिङ सिनियर पुरुष तर्फ ५० देखी ५५ केजी तौल सम्मको प्रतियोगितामा सुनसरीका अनुज राई प्रथम, झापाका मनिष श्रेष्ठ द्धितीय, आयोजकको हरि श्रेष्ठ तृतीय र मोरङको अर्जुन गिरी तृतीय भएका थिए ।

एकल प्याटन तफ महिला पहेलो बेल्ट तर्फ आयोजक विनिशा धिमाल प्रथम, मोरङ प्रिन्सा कार्की द्धितीय भएका थिए । त्यसैगरी महिला ग्रिन बेल्ट तर्फ आयोजकका स्वस्तिका माझी प्रथम भएका थिए । त्यसैगरी पुरुष पहेंलो बेल्ट तर्फ आयोजकका आर्यन राई प्रथम, मोरङका मन्दिप माझी द्धितीय भएका छन् । त्यसैगरी पुरुष हरियो बेल्ट तर्फ आयोजकका रिवाज फुयल प्रथम र मोरङका विशाल खत्री द्धितीय भएका छन् । त्यसैगरी पुरुष ब्लु बेल्ट आयोजकका आषिश भुर्तल प्रथम र पुरुष रेड बेल्ट तर्फ आयोजकका निश्चल लिम्बु प्रथम भएका थिए ।

 

सम्बन्धित खवर