मंसिर १ गते, जहदा । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको पहिलो चरणको अन्तिम दिनको खेलमा हाम्रो इटहरी भेट्रानस एफसी विजय भएको छ ।
बुधबार भएको खेलमा अभिषेक चर्च राझर नवलपरासीलाई २–३ गोलले विजय हुर्दै हाम्रो इटहरी सेमिफाइनलमा पुगेको हो । हाम्रो इटहरीका लिलाराम मगरले खेलको ३० औं मिनेटमा १ गोल गर्दै गोलको खाता खोलेका थिए । त्यसैगरी अभिषेक चर्च राझर नवलपरासीका सुकलाल तामाङले खेलको ३३ औं मिनेटमा १ गोल गर्दै खेललाई बराबरी बनाएका थिए । त्यस्तै खेलको ४४ औं मिनेटमा अभिषेक चर्च राझर नवलपरासीका गोल रक्षकले आफ्नो पोष्ट छेउमा आएको बल बचाउ गर्न हानेको बल आफ्नै खेलाडीको खुट्टामा ठोक्कीएर आत्माघाती गोल भएको थियो ।
त्यस्तै हाम्रो इटहरीका पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले खेलको ४९ मिनेटमा प्लान्टी सुट मार्फट १ गोल लगाएका थिए । त्यसैगरी अभिषेक चर्च राझर नवलपरासीका याम बहादुर आलेले खेलको ५४ औं मिनेटमा १ गोल थप्दै २–३ गोलको अन्तरले खेल समाप्त भएको थियो ।
खेलको म्यान अफ द म्याच हाम्रो इटहरी भेट्रानस एफसीका दिवश राई घोषित हुर्दै ट्रफी, मेडल र नगद १५ सय प्राप्त गरेका थिए । युवा व्यवसायी सईकुमार तामाङले खेलाडीको खेल मनपराएर अभिषेक चर्च राझर नवलपरासीका खेलाडीलाई २ हजार नगद पुरस्कार दिएका थिए ।भोली विहिबार देखी सेमिफाइनल खेल हुने छ । सेमिफाइनल खेलमा आयोजक जहदा र विर्तामोड भेट्रानस एफसी विच खेल हुने खेल आयोजक समितिका संयोजक डेनिम राईले बताए । जहदा भेट्रानस क्लबको आयोजना र नव प्रगतीशिल समाज सेवा क्लबको संरक्षकमा आयोजना भएको हो ।