Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
फोनिज मोरङ अध्यक्षमा पुन दिनेश सुब्बा सर्वसहमत - Nigranitimes

फोनिज मोरङ अध्यक्षमा पुन दिनेश सुब्बा सर्वसहमत

मंसिर २८ गते, कानेपोखरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ(फोनिज) मोरङको पाँचौ जिल्ला अधिवेशनले पुन दिनेश सुब्बा मिभकलाई सर्वसहमत अध्यक्ष चयन गरेको छ ।

सोमबार कानेपोखरी–७, स्थित नलिन होटलमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले मिभकलाई दोस्रो कार्यकालको लागि अध्यक्ष चुनेको हो । अधिवेशनले उपाध्यक्षमा अशोक गुरुङ, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा बबिता साम्पाङ राई र कोषाध्यक्षमा राजकुमारी तामाङ चयन भएका छन् । सदस्यमा बिद्यानन्द चौधरी, शिवहाङ राई, सिर्जना धिमाल, संगीता राई, सम्झना राई, सुरन्जन लिम्बू, सुमन कुरुवाङ र राजेश राजवंशी निर्विरोध निर्वाचित भएका हुन ।अधिवेशनले केन्द्रीय पार्सदमा भक्तशेर लिम्बू, फिपराज बेघा र सुजता लिम्बू सर्बसहमत चयन गरेको छ । त्यसैगरी प्रदेश प्रतिनिधिमा संदिप राई, बबिता लिम्बू, अजित धिमाल, सन्तोष राई, ऋषि राई, बाबुराम मुडियारी, सोनिकुमार आङ्देम्बे चयन भएका छन् ।

अधिवेशन खुल्ला सत्रमा कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले देश, प्रदेश र स्थानीय बिकास र संमृद्धिको लागि कलम चल्नु पर्ने बताए । पत्रकारहरुले नियतबस कलम नचलाएर तथ्यको आधारमा समाचार लेख्न आग्रह गरे । प्रमुख काफ्लेले पालिकामा लिम्बू, धिमाल, राजवंशी, गुरुङ, माझी, राई, तामाङ भाषा बिकासको लागि प्रयास गरिरहेको बताए । कानेपोखरीमा कालिकोशीबाट २ हजार बिगाहा जग्गा सिंचाइ गर्दै आएको, कानेपोखरी लगायतको पर्यटकीय क्षेत्र विकासको प्रयास भइरहेकोले पत्रकारहरुले प्रचार गरेर सहयोग गर्न अनुरोध गरे ।

फोनिज मोरङमा ४७ जना पत्रकार आबद्ध रहेका छन् । उद्घाटन सत्रमा विशेष अतिथिहरुमा फोनिज संघीय सचिव कमन देवन याक्खा, फोनिज प्रदेश १ अध्यक्ष अर्जुन जम्मेली राई, सल्लाहकार भक्तशेर लिम्बु र अतिथिहरुमा फोनिज प्रदेश उपाध्यक्ष फिपराज बेघा, कोषाध्यक्ष सुसन राई, नेपाल आदिवासी जनजाति महासंघ मोरङ अध्यक्ष दिलबहादुर थेवे, नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष मोहन भट्टराई, प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य केदार चौहान, प्रेस युनिय नेपाल मोरङ अध्यक्ष भोजराज बस्नेत, प्रेस सेन्टर मोरङ पूर्वी अध्यक्ष सरोज बस्नेत, सञ्चार क्लब नेपाल अध्यक्ष नवराज भट्टराई लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

उद्घाटन पछि कानेपोखरी पोखरी पर्यटकीय क्षेत्रको सवै पत्रकारहरुले अवलोकन गरेका थिए । अवलोकनको क्रममा कानेपोखरीको ऐतिहासिक कानेपोखरीबारेमा ५ नम्बर वडा अध्यक्ष चरन गुरुङले पत्रकारहरुलाई बताएका थिए । कार्यक्रम अनिल श्रेष्ठले सञ्चालन गरेका थिए ।

 

 

सम्बन्धित खवर