शुक्रबार, मंसिर ५, २०८२

ग्रामिण सुधार सामुदायिक वनको २१ औं साधरणसभा सम्पन्न

माघ ६ गते, पथरी । मोरङको कानेपोखारी –७, स्थित ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समितिले २१ औं बार्षिक साधारणमा सम्पन्न गरेको छ ।

बुधबार भएको बार्षिक साधारण सभामा समूहका अध्यक्ष नवीन राईले कार्यप्रगति प्रतिवेदन र विधान संशोधन, देबेन्द्र थावाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । खाली क्षेत्रमा वृक्ष रोपन गर्ने, उपभोक्ताहरुको लागि समिल स्थापना गर्ने, कानेपोखारी, भलुवा सिमसार लगायतको पर्यटकीय क्षेत्रको विकासमा जोड गर्ने, बैंक खाता सब डिभिजन कार्यालयको शिफरिस बिना सञ्चालन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने लगायतको प्रस्ताव अध्यक्ष नवीन राईद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी अध्यक्षद्वारा प्रस्तुत सरकारले काठको मूल्य बढाएकोले उपभोक्ताको लागि प्रति किबी १ सय वृद्धि गर्ने, कर्मचारीको तलब वृद्धि गर्ने, तीन बर्ष अघिदेखि निकाल्न नपाएको ढलापडा, सुक्खा खडा र सिसौको रुखहरु संकलन गर्न प्रकृया अघि बढाउने लगायतको प्रस्तावहरु पारित भएको छ ।

प्रस्तुत लेखापरीक्षण प्रतिवेशनमा काठ लगायत वन पैदावर बिक्रीबाट ३१ लाख ७१ हजार ७९७ रुपैयाँ, सेवा, सदस्यता, परिचयपत्र शुल्क, दण्ड जरिवाना लगायत ३६ लाख ३० हजार ९२० रुपैया ५० पैसा आम्दानि रहेको उल्लेख छ । जसमध्ये २८ लाख ८३ हजार ५९६ रुपैया ८ पैसा खर्च भएर ७ लाख ४७ हजार ३२४ रुपैया ४२ पैसा बचत रहेको प्रतिवेदनमा उल्लेख छ । यो गत आर्थिक बर्षसम्मको हिसाव हो ।

कोषाध्यक्ष देबेन्द्र थावाद्वारा प्रस्तुत प्रतिवेदनमा प्राप्त आम्दानि वन विकास, महिला शसक्तिकरण, सामुदायिक बिकास, कार्यालय ब्यवस्थापन, ऋण फिर्ता, गाउँपालिका कर लगायतमा खर्च शिर्षक देखाइएको छ । सामुदायिक वनमा उपभोक्तावीच आर्थिक किचलो र वैज्ञानिक वन कार्यविधि खारेजीहुँदा लामो समयदेखि वन पैदावर बिक्री भएको थिएन । आन्तरिक समस्याकै कारण वनको बैंक खाता सब डिभिजन वन कार्यालय कानेपोखरीको शिफारिसमा मात्र सञ्चालन हुँदै आएको छ ।

कार्यक्रममा कानेपोखारी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले, सामुदायिक वन उपभोक्ता महासंघ १ नम्बर प्रदेश महासचिव अग्नि पौडेल, जिल्ला उपाध्यक्ष शुभद्रा भट्टराई, सब डिभिजन वन कार्यालय कानेपोखरी प्रमुख तुलशी यादव, ७ नम्बर बडा अध्यक्ष मोहनप्रसाद अधिकारी, एमाले पालिका अध्यक्ष शुसिल बुढाथोकी, नेपाली काग्रेसको योगेन्द्र दाहाल र माओवादी केन्द्रको अध्यक्ष मनोज राजवंशी लगाएतले शुभकामना मन्तब्य दिएका थिए । ग्रामिण सुधारको ८ सय ३९ हेक्टर क्षेत्रफल रहेको छ भने क, ख र ग गरी ४ हजार ८ सय ८६ उपभोक्ताहरु रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.