माघ ८ गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका–६ स्थित रमाइलोमा रहेको रमाइलो बचत तथा ऋण सहकारी संस्था र जनएकता बचत तथा ऋण सहकारी संस्था विच एकीकरण भएको छ ।
शनिबार जनसेवा माविको प्राङ्गणमा संयुक्त साधरणसभा गर्दै एकीकरण भएको हो । सभामा जनएकता साकोसका अध्यक्ष भोला अधिकारी र रमाइलो साकोसका अध्यक्ष टंक बहादुर अधिकारीले आआफ्नो घैलाबाट सिक्का एउटै घैलामा लगाउँदै एकीकरण भएको सन्देश दिएका थिए । त्यसैगरी प्रमुख अतिथि र विशिष्ट अतिथिहरुले रमाइलो जनाएकता बचत लेखिएको व्यानर पनि सेयर सदस्यहरु माझ देखाईएको थियो ।
जनएकता साकोसका अध्यक्ष भोला अधिकारीले आर्थिक बर्ष २०७७÷०७८ को कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी रमाइलो साकोसका अध्यक्ष टंक बहादुर अधिकारीले आर्थिक बर्ष २०७७÷०७८ को कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी अध्यक्ष भोला अधिकारीले आर्थिक बर्ष २०७८÷०७९ को कार्यक्रमहरु प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा आर्थिक बर्ष २०७८÷०७९ संस्थाले ४ करोड ४ लाख ६२ हजार रुपैया नाफा कमाउने लक्ष्य राखेको छ । आर्थिक बर्ष २०७७÷०७८ को असार मसान्त सम्ममा दुवै संस्थाले २ करोड ९७ लाख ९६ हजार ९ सय १० रुपैया शुद्ध नाफा गरेको थियो ।सर्वसम्मत समिति चयन
संयुक्त साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भोला अधिकारी(जनएकता अध्यक्ष)को नेतृत्वमा १५ सदस्य समिति चयन गरको हो । त्यसैगरी उपाध्यक्षमा अम्बिका प्रसाद अर्याल(जनएकत उपाध्यक्ष), यशोदा लिम्बु(रमाइलो उपाध्यक्ष), सचिवमा टंक बहादुर अधिकारी(रमाइलो अध्यक्ष), सहसचिमा युवराज दवाडी(रमाइलो सचिव) र कोषाध्यक्षमा त्रिभुनाथ फुयल(जनएकता उपाध्यक्ष) सर्वसम्मत समिति चयन भएको छ ।
त्यसैगरी सदस्यहरुमा इच्छा कोइराला(जनएकता कोषाध्यक्ष), राजेश कार्की, नारायण काफ्ले(जनएकता शिक्षा समिति संयोजक), अनिल कार्की(रमाइलो), कुमार फुयल(जनएकता लेखा समिमि संयोजक), डिल्ली ओझा(रमाइलो कोषाध्यक्ष), गिता कार्की(जनएकता), प्रमिला धिमाल(रमाइलो) र तारा ओझा राजवंशी(जनएकता)सर्वसम्मत चयन भएको छ ।
त्यसैगरी लेखा संयोजकमा एविन्द्र पाठक(रमाइलो), सदस्यहरुमा बोधनारायण राजवंशी र विमला पौडेल चयन भएका छन् । सर्वसम्मत चयन भएको नाम निर्वाचन समितिका संयोजक दामोदर सिग्देलले साधारण सभामा नाम बाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र विशिष्ट अतिथि उपाध्यक्ष राजमती इङ्नामले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम युवराज दवाडी र अम्बिका प्रदास आचार्यले संचालन गरेका थिए भने कार्यक्रमका अध्यक्षता अध्यक्षता टंक बहादुर अधिकारीले गरेका थिए ।
दुवै वटा संस्थाका पदाधिकारी र पूर्व अध्यक्षबाट दामोदर सिग्देल र राजकुमार बराल सहितको १० जनाको एकीकरण गर्ने कार्यदलले यो एकीकरणको टुङ्गो लगाएको थियो ।