सोमवार, मंसिर १, २०८२

सुकुम्बासीहरु तर्साउदै २९ जना पुर्जावाल, नेकपा एमालेको विरोध

माघ १४ गते, पथरी, मोरङ । पथरीशनिश्चरे नगरमा २९ जना पुर्जावालले आफ्नो समय अनुकुलतामा विभिन्न वहाना बाजी गर्दै सुकुम्बासीहरुलाई तर्साउने काम गर्दै आएको छ । नगरका तीन वटा वडामा ३५ दिन पछि सुकुम्बासीहरुले जग्गा छोड्नु पर्ने सूचना टास गरिएपछि सुकुम्बासीहरु आक्रोशित बनेका छन् ।

विहिबार पथरीशनिश्चरे १० नम्बर वडामा नेकपा एमाले पथरीशनिश्चरे वडा कमिटिले पुर्जावालको गतिविधिको बारेमा गम्भीर ध्यानार्षण गर्दै विरोध गरेको छ । एमाले वडा कमिटिले विज्ञप्ती निकाल्दै पत्रकार सम्मेलनको आयोजना गरी त्यसको खबरदारी गरेको हो । उनिहरुले माघ ११ गते मंगलबार नगरप्रमु दिलिपकुमार राई, उपप्रमुख यामुना विष्ट बास्तोला र प्रमुख प्रशासकिय अधिकृत नभएको मौका छोपी पुर्जावाल डिल्ली प्रसाद प्रसाई, शिव भट्टराई र मोहन कार्कीको नेतृत्वको दवावमा वडा नम्बर ३, ४ र १० मा सूचना टास गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाद्धारा हस्ताक्षरित प.स. ०७८÷०७९ च.न. ७१४३ मा कोशीटप्पु आरक्ष रहेको सट्टाभर्ना स्वरुप केचना क्षेत्रमा पाएका सट्टाभर्ना प्राप्त गर्नु अगावै अतिक्रमण भएकोले सर्वोच्च अदालको फैसला बमोजिम जग्गा धनीलाई जग्गा भोगचलन गराउन आदेश अनुसार २०७८ माघ २ गते पत्र पथरीशनिश्चरे नगरपालिकालाई पत्र लेखेको थियो । उनिहरुले जिल्ला अधिकारीसँग पत्र बुझँेको केही दिन पर्खेर नगरमा कोही नभएको मौका छोपी छौठौ कर्मचारी भनी नाम पनि उल्लेख नगरी वडा वडामा सूचना टास गर्न भ्याएको नेकपा एमाले केन्द्रिय सदस्य युवराज बास्कोटाले पत्रकार सम्मेलनमा बताए ।एमाले पाटीले जिल्ला प्रशासन कार्यालयको पत्र अनुसार नगरपालिका देखी वडा तहसम्म जारी गरेको मूल व्यहोरा प्रति सम्बन्धित क्षेत्रका सम्पूर्ण सरोकारवालाको गम्भीर ध्यानाकर्षण गर्दै तीन बुदाको विज्ञप्ती प्रकाशित गरेको छ । यहाँका सुकुम्बासीहरुले जसको जोत उसको पोतको नारा सहित बसेको छन् । सुकुम्बासीहरुको तीन पुस्तायता खुन र पसिना यहिं जमिनिमा सिञ्चित भएकोले आफ्नो स्वामित्वमा लिन आवश्यक परे जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको व्यहोरा वितरीत विज्ञप्तीमा उल्लेख छ ।

२९ जना व्यक्तिहरुले तीन वटा वडामा सट्टाभर्नाको जग्गा दावी गर्दै आएको छ । साविक शनिचरे गाविस हाल पथरीशनिश्चरे १० वडामा १९ जनाको नाममा लगभग ५६ विगाह जग्गाको सट्टभर्ना माग दावी रहेको छ । त्यसैगरी वडा नं. ३ मा लगभग ३५ विगाह र वडा नम्बर ४ मा लगभग ३७ विगाह जग्गामा १० जनाको सट्टभर्नाको माग दावी छ । पछिल्लो समयमा सर्वोच्च अदालतले उनिहरुको पक्षमा फैसला गरिदिए पछि मोरङ जिल्ला प्रशासन कार्यालयलाई यो कार्यन्वय गर्न पुर्जावालले दवाव दिए पत्र नगरपालिका देखी वडा सम्म जारी गर्र्यो तर यो सम्भव नभएको नेकपा एमाले जिल्ला सदस्य भगत भपलियाले बताए ।

पत्रकार सम्मेलनमा नेकपा एमाले केन्द्रिय सदस्य युवराज बास्कोटा, जिल्ला सदस्य भगत थपलिया, १० नम्बर वडा सदस्य मैनादेवी आचार्य, अनोज घिमिरे र १० नम्बर पार्टी वडाध्यक्ष पर्वत थापा रहेका थिए । पथरीशनिश्चरे नगरमा २ सय १६ जना जग्गाधनिको नाममा रहेको २ सय ४३ बिगाहा १८ कट्ठा ५ धुर जग्गा दोहोरो स्वामित्वमा रहेको नगर प्रमुख दिलिप कुमार राईले बताए । कानेपोखरी गाउँपालिकामा पनि २ सय ५० बिगाहा जति यस्तै जग्गा रहेको छ ।सुकुम्बासीलाई पटक–पटक तर्साउने पुर्जावाल
पथरीशनिश्चरे नगरका सुकुम्बसीहरुले ३५ साल देखि ढालफाड गरेर बसेको सुकुम्बासीलाई छलकपट नगरी धनीपुर्जा दिनुपर्ने सरोकारवाल तथा सुकुम्बासी नेताहरुले माग राख्दै आएको छ । तर त्यहाँका २९ जना पुर्जावालले कोशीटाप्पु आरक्षको सट्टाभर्नाको नाममा पटक–पटक यस्ता काण्ड गर्दै आएको छ । सर्वोच्च अदालतले यस बर्ष मात्र हैन धेरै पटक पुर्जावालको नाममा फैसला गरिदिएका छन् । तर उनिहरुले जग्गा प्राप्त गर्न सकेको छैनन् । ४ बर्ष अघि पनि सर्वोच्च अदालतले ३० परिवारको जग्गा पुर्जावालले भोगचलन गर्नुपाउनु पर्ने फैसेला गरेको थियो ।

सर्वोच्च अदालतको फैसेला कार्यन्वय निर्देशालयले नगरपालिकामा ५ पटक सम्म कार्यन्वय गर्न निवेदन पठाईको नगरप्रमुख दिलिपकुमार राईले बताए । यस अघि सहायक सिडियो सहित, पुर्जावाल डिल्ली प्रसाईको नेतृत्वमा ७ जना पुर्जावालको पहिलो चरणमा ३० घर उठाएर लखेट्ने योजना रहेको थियो तर त्यो पनि सम्भव भएन ।

नगरपालिकामा समस्या समाधन गर्न तीन वटा समिति
सुकुम्बासी समस्या समाधानको लागि पथरीशनिश्चरे नगरपालिकाले अहिले मेयर दिलिप कुमार राई संयोजक र उपमेयर यामुना बास्तोला सहसंयोजक रहेको तीन वटा समस्या सामाधान समिति वनेको छ । १) जग्गा धनिपुर्जा वालसंगको समिति, २) जोतभोग गर्ने सुकुम्बासीसंगको समिति र ३) ८ वटा वडाध्यक्ष,पूर्व गाविस अध्यक्ष र बुद्धिजिविको समिति निर्माण गरी काम अघि बढेको थियो । उसबेला समितिको आव्हानमा नगरपालिकामा दोहोरो स्वमित्व भएको सुकुम्बासी २ सय ६० जनाले नगरपालिकामा निवेदन दिएको थियो ।

पुर्जावाललाई सुकुम्बासीले खोरमा थुन्र्दै छाड्दै
धनी पुर्जा बोकेर जग्गा खोज्दै पुगेका विचौलियाहरुलाई सुकुम्बासीहरुले पक्राउ गरी गाउँकै कस्टरी(हिरासत)मा दुई दिन सम्म थुनेर राख्ने गरेका थिए । पुर्जावालले पनि विचौलिया प्रयोग गरी विभिन्न व्यक्तिलाई जग्गाको पुर्जा बेच्ने काम नगरेको होइन । तर ती सवै काम सफल हुन सकेन । कतिपयहरुले सस्तोमा जग्गा पुर्जा किनवेच पनि गरेका छन् । ती बास्तविक ट्टाभर्ना पाउने व्यक्ति भने होइन ।

विचौलिया मार्फत यसरी पुजा बोकेर जग्गा फिल्डमा जादा धेरै विचौलिया र खरिद गर्ने व्यक्तिहरुलाई सुकुम्बासीहरुले पक्राउ गरी वडा नं. ३ को किराती चौकमा रहेको विट(खोर) दुई दिन सम्म थुनेर इलाका प्रहरी कार्यालयमा लगेर सर्त सहित छाड्ने गरेका थिए । बलबहादुर फ्याकको घरमा जग्गा खोज्दै पुगेका ताप्लेजुङ घर बताउने दमक डेरागरेर बस्र्दै आएका ६५ बर्षिय भरतमणी भट्टराईलाई गाउँलेहरुले पक्राउ गरी एकदिन थुनेर थिए ।

विचौलिया भट्टराईले कल्पना अधिकारीको १ बिगाह १० कट्ठा,रत्न बहादुर श्रेष्ठको ३ विगाह,लाल बहादुर धिमालको १ विगाह १० कट्ठा र शुभ कुमर श्रेष्ठको ८ कटठा जग्गा धनिपुर्जा ल्याएर जग्गा खोज्दै आएका थिए । उनले धनकुटाका तीनजना व्यक्तिलाई ८० लाखमा ४ विगाह जग्गा दिने भन्दै जग्गा देखाउन ल्याएका थिए ।

त्यस्तै सुनसरी इटहरी उपमहानगरपालिका—५ का ३७ बर्षिया राजेन्द्र लिम्बू, बाहाराक्षेत्र नगर—११ क ३९ बर्षिय मोजिबुल खानलाई पनि सुकुम्बासीहरुले पक्राउ गरी थुनेका थिए । लिम्बू र खान साढु दाजुभाइ हुन । जग्गा हेर्न लिम्बू र खानसँगै गएका धनकुटा नगरपालिका—७ का ददिराम थापा भने भागेर कुटपिटबाट जोगिएका थिए ।
सुकुम्बासीको नियन्त्रणमा परेको लिम्बू शसस्त्र प्रहरीको हवाल्दार हुन् ।

खान काठमाडौंको म्यान पावर कम्पनिमा काम गर्देछन् । त्यसैगरी कमल गुरुङ, पुनम थापा मगरलाई पनि स्थानीय सुकुम्बासीहरुले पक्रेर विहान देखि बेलुकी सम्म खोरमा थुनेर इप्रका लगी आगामी दिनमा जग्गा दावि गर्न नआउने लिखित सर्तमा इलाका प्रहरी कार्यालय पथरीबाट छाडेका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.