माघ १५ गते, पथरी, मोरङ । पथरीशनिश्चरे नगरमा स्कुलहरु मध्ये छोटो समयमै छुट्टै पहिचान बनाउन सफल रेडस्टार अंग्रेजी आवासीय माध्यामिक स्कुलले अन्तराष्ट्रिय स्कुल(आइसए) अवार्ड पाएका छन् ।
स्कुलले अन्तराष्ट्रिय अवार्डको लागि विद्यार्थीहरुसँग सम्बन्धीत कामको विभिन्न प्रोजेटहरुको निर्माण गरेपछि अन्तराष्ट्रिय ब्रिटिश काउन्सिलले ‘२०२१–२०२४ ‘प्रथम’ फूल इन्टरनेशनल स्कूल अवार्ड’ प्रदान गरेको हो । यो सँगै रेडस्टार इन्टरनेशनल स्कूल अवार्ड पाउने पूर्वी मोरङमै पहिलो स्कुल बनेको छ ।
नेपाल सरकार शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव संसाधन केन्द्रको संलग्नता र ब्रिटिश काउन्सिल नेपालको आयोजनामा एक समारोहको बि भर्चुअल माध्यमबाट स्कुललाई माघ ११ गते अवार्ड गरेको हो । अवार्डमा नेपाल सरकार मातहतको मानव संसाधन विकास परियोजनाका निर्देशक चुडामणि पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भर्चुअल कार्यक्रममा ब्रिटिश काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर साइदा मेकडोगल र साउथ एसिया ब्रिटिश काउन्सिलकी रिजनल एजुकेशन एन्ड इङ्लिस एकेडेमी लिड एमिला सहभागीमा थिए । नेपालका ५३ वटा स्कुलले अवार्ड पाएका थिए ।
विद्यालयले पाठ्यक्रमसँग सम्बन्धीत विभिन्न समयमा ८ वटा विषयको प्रोजेक्ट सम्पन्न गरेको थियो । विद्यार्थीहरूले समुदाय र समुदायको निकटमा रहेका वन, वनस्पति , वन्यजन्तु र संस्कृतिको बारेमा अनुसन्धान तथा प्रयोगात्मक कृयाकलापहरुको सिकाई, स्थानीय साकेला(चण्डी) नांचको सांस्कृतिक महत्व र उपादेयतालाई अझ धेरै बढाउने उद्देश्यले साकेला नाचलाई पनि परियोजना मार्फत सिकाई, वातावरण स्वच्छता र शुद्धताको लागि स्थानीय क्षेत्रमा उपलब्ध हुने साल वा अन्य कुनै पनि विरूवाको पातको प्रयोग गरि वातावरण प्रदूषण नियन्त्रण गर्न सकिने र आफ्नो संस्कार– संस्कृति जोगाउन सकिने व्यवहारिक जोवन उपयोगी ज्ञान र सीप प्रदान गरिएको कुरा दुना टपरी सिकाई लगाएत प्रोजेक्ट गरेका थिए ।
ब्रिटिश काउन्सिलले पाठ्यक्रम विकास केन्द्र र शिक्षा विभागको प्रत्यक्ष निगरानीमा विद्यालयस्तरमा पठनपाठन गराइने शिक्षण पद्धतिमा विश्वव्यापीकरण गर्दै एक देशको शिक्षण पद्धति अर्को देशको विद्यालयसँग जोड्दै विद्यालयमा परियोजनात्मक माध्यमबाट जीवनोपयोगी शिक्षालाई प्रोत्साहन गर्दै आएको छ । ब्रिटिश काउन्सिलले सन २०१२ देखी देशभरिको उत्कृष्ट विद्यालयहरुलाई ३ वर्षको लागि आइएसए अवार्ड प्रदान गर्दै आएको छ ।
नेपाल सरकार पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव संसाधन केन्द्रको संयुक्त सहयोग र ब्रिटिश काउन्सिल नेपालको आयोजनामा एक समारोहका बिच भर्चुअल माध्यम मार्फत नतिजा सार्वजनिक गरिएको रेडस्टार स्कुलका प्रबन्ध निर्देशक÷प्रिन्सिपल टेक नाथ(टि.एन) तिम्सिनाले जानकारी दिए । रेडस्टारका विद्यार्थीहरुले पनि विश्वव्यापी रूपमा एउटा देशका विद्यार्थीहरूले आफ्नो कक्षाकोठाबाट अर्को देशको विद्यार्थीहरूसँग विभिन्न परियोजनात्मक कृयाकलाप गरेर सिकेको सांस्कृतिक परम्परा तथा जीवन उपयोगी ज्ञान र सीपलाई विश्वका अन्य मुलुकहरूसित आदानप्रदान गर्दै शिक्षा ग्रहण गरेका रेडस्टार स्कुलका प्रबन्ध निर्देशक÷प्रिन्सिपल तिम्सिनाले बताए ।
विद्यालयले पाठ्यक्रमसँग सम्बन्धीत प्रोजेक्ट निर्माण गर्दा भारत, पाकिस्तान लगायतका विद्यार्थीहरुसँगको संयुक्त परियोजना सञ्चालन समेत गरिसकेका छौ । जसमा विद्यार्थीहरुले विदेशी विद्यालयका विद्यार्थीलाई अंग्रेजी तथा नेपाली भाषाको माध्यमबाट विद्यार्थीहरूले आफ्नो सिकाईलाई अर्को अन्तर्राष्ट्रिय स्कूलका विद्यार्थीहरुसँग आदानप्रदान गरेको रेडस्टार स्कुलका आइ.एस.ए.कोअर्डिनेटर राजु तिमिल्सिनाले बताए । उनले विद्यालयमा नियमित रूपमा उत्कृष्ट अंकलाई आत्मसाथ गर्दै असल संस्कार सहितको जीवन उपयोगी शिक्षामा जोड दिँदै अवार्डको लागि प्रोजेटहरु अगाडी बढाएको ताए ।
गएको साल कक्षा १२ मा व्यवस्थापन तर्फ विनिता धिमालले प्रदेशमै उत्कृष्ट अंक ल्याउँदै पहिलो बनेका थिए । स्कुलले १६ जना राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरिसकेको छ । २०६९ मा ११ कक्षा सुरु गरेको विद्यालयमा अहिले कक्षा ११ मा २८६ र १२ मा २८० जना छात्रछात्राहरु अध्ययनरत छन् । नर्सरीदेखी कक्षा १० सम्म ७५० जना छात्रछात्राले अध्ययन गरिरहेका छन् । ५ बर्ष अघि स्कुलका प्रबन्ध निर्देशक÷प्रिन्सिपल टेक नाथ(टि.एन) तिम्सिना र बसन्त मादेनको युवा टिमले विद्यालय संचालनको जिम्मा लिएपछि छोटो समयमै रेडस्टार स्कुललाई शैक्षिक हवको रुपमा विकास गर्दै लगेका छन् ।