राजकुमारी तामाङ
माघ २० गते, कानेपोखरी । नेकपा एमालेका जनवर्गीय संगठन राष्ट्रिय युवासंघ नेपालद्वारा कानेपोखरी गाउँपालिकामा पनि विरोध प्रदर्शन गरेको छ ।
बुधबार कानेपोखरी गाउँपालिका स्थित रमाइलो बजार परिक्रममा गरी रमाइलो चोकमा कोणसभा विरोध पर्दशन गरेको हो । स्थानीय तहको चुनाव मिति घोषणा, पेट्रोलियम पदार्थको मूल्य घटाउ, लगाएत संविधान र लोकतन्त्रको रक्षाका निम्ति बृहत बिरोध प्रदर्शन गरिएको राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँ कमिटि संयोजक अशोक फुयलले जनाए ।
कार्यक्रममा राष्ट्रिय युवा संघ, अनेमासंघ र अनेरास्ववियु लगाएत जनवर्गिय संगठनका नेताकार्यकर्ता उपस्थित थिए । बिरोधमा लिपुलेकको सडक निर्माण बन्द गर, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर, मन्त्रालय फुटाउन बन्द गर, स्थानिय तहको निर्वाचन मिति घोषणा गर, संविधान र लोकतन्त्रको रक्षा गर साथै खोप सिटामोलका विषय पनि उठाइएको थियो ।
कोण सभालाई नेकपा एमाले मोरङ जिल्ला सदस्य दान बहादुर बस्नेत, राष्ट्रिय युवा संघ केन्द्रिय सचिवालय सद्स्य मोरङ जिल्ला संयोजक नवीन पौडेलले सम्बोधन गरेका थिए ।