बिहिबार, कार्तिक १३, २०८२

गाउँपालिकामा सार्जजनिक सुनुवाई, गरिव तथा विपन्न वर्गमा गाउँपालिकाको सेवा नपुगेको गुनासो

असार ३१ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम विहिबार सम्पन्न भएको छ । गाउँपालिका स्थित कार्यालयको प्राङ्गणमा बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कानेपोखरी गाउँपालिकाको अयोजना र भूल्के मिडियाको सहकार्यमा आर्थिक बर्ष २०७८÷०७९ को बजेट अनुसार कार्यक्रमको आयोजना गरिएको थियो । बार्षिक तीन पटक गर्नुपर्ने सार्वजनिक सुनुवाई कार्यक्रम कोरोनाको कारण दुई पटकमात्र कार्यक्रम गर्न सकेको प्रमुख प्रशासकीय अघिकृत सन्तोष घिमिरेले बताए । कार्यक्रममा पत्रकार बाबुराम निरौलाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

कानेपोखरी गाउँपालिकाका राजमती इङ्नामको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष भोला अधिकारी, प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरे, अधिकृत गोविन्द फुयल, प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकी, वडाध्यक्षहरु चरण गुरुङ, खड्ग बस्नेत, मोहन प्रसाद अधिकारी, गोपाल कार्की लगाएत उपस्थित रहेका थिए । कार्यक्रममा गाउँ कार्यपालिका सदस्य र वडा सदस्यहरु, योजना शाखा, स्वास्थ्या शाखा प्रमुख, कृषी तथा पशुशाखा प्रमुख, शिक्षा शाखा प्रमुख, विभिन्न राजनितीक दलका प्रतिनिधि, शिक्षक बुद्धिजीवि लगाएत सहभागी भएका थिए ।

पत्रकार दिनेश सुब्बा लिम्बु र मोहन भट्टराईले नागरीक प्रश्नावली भाग १ र भाग २ गाउँपालिकाको ७ वटै वडामा गएर भरेका थिए । योगेश भट्टराईले वहिर गमन अभिमत(इग्जिट पोल) पालिका भित्र सेवा लिन आउनेहरु र वडा वडामा सेवा लिन आउनेहरुबाट भरेका थिए । वडागत सर्वेक्षणमा वडा नम्बर १, २ र ३ मा झागर, ऋषिदेव, माझी बसोबास रहेको गाउँमा धेरै समस्याहरु टिपाएका थिए । नागरीकता नपाएको, खानेपानी ट्युवेल नभएको, स्वास्थ्य विमा नपुगेको, रोजगारी दिनुपर्ने, गाउँपालिकाको बजेट नपुगेको, स्वास्थ्य उपचार नपाएको, सिपमुल तालिम, नेतृत्व विकास तालिम, कृषि सम्बन्धी जस्ता तालिमहरु नपुगेको उनिहरुले गाउँपालिकासँग गुनासो गरेका थिए ।

त्यस्तै वडा नं. ५ र २ को सिमाना पर्ने बहत्तरविगेका स्थानीयहरुले चिंसाङ खोला ठेक्का लगाउँनु नहुने बताएका थिए । ठेक्का लगाए पनि मापदण्ड अनुसार गरिराई हुनुपर्ने र त्यस स्थानमा दिगो तटबन्धन हुनु पर्ने गाउँपालिकासँग माग गरेका छन् ।

उपस्थितहरुले चिंसाङ खोला दोहन, तटबन्धन, कालोपत्रे हुने वितिकै उप्कीने, जेष्ठ नागरीक, अपाङ्ग मैत्री भवन र सडक, कल्र्भट, खानेपानी, स्वास्थ्य सम्बन्धी, उपभोक्ता समिति गठन सम्बन्धी जनताले प्रश्न राखेका थिए । उठेको प्रश्नलाई गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी र प्रमुख प्रशासकिय अघिकृत सन्तोष घिमिरेले उत्तर दिएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.