समाचार

मोरङ ४ मा एमालेबाट विनोद ढकालको नाम सर्वसहमत सिफारिस

भदौ १९ गते, विराटनगर । नेकपा(एमाले) मोरङ क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा मोरङ इञ्चार्ज विनोद ढकालको नाम सर्वसहमत सिफारिस भएको छ ।

आइतबार बसेको संघीय निर्वाचन क्षेत्र कमिटीको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ढकालको एक मात्र नाम सिफारिस गरेको हो ।

विद्यार्थी राजनीति हुँदै पार्टीको राजनितिमा करिब चार दशकदेखि सक्रिय रहेका ढकाल अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष हुँदै एमाले मोरङको जिल्ला सचिव, जिल्ला अध्यक्षभई हाल केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

 

प्रतिक्रिया