थापाथलीको सुकुम्बासीबस्ती हटाउन खोज्दा तनावग्रस्त

काठ्माडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा बसोबास गर्ने सुकुम्बासी बस्तीमा तनावग्रस्त भएको छ । बस्ती हटाउन सोमबार गएको महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको हो ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन भनेको थियो ।

स्थानीयले वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् । अहिले यो क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ ।

सम्बन्धित खवर