प्रहरीको सई भन्दै ठगी गर्ने एक व्यक्ती पथरीबाट प्रक्राउ

पथरी । प्रहरीको सई भन्दै ठगी गर्ने एकजनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।

मोरङ पथरीशनिश्चरे ७ बस्ने बर्ष ४६ को सन्तोष कुमार कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पथरीशनिश्चरे ३ बाट विहिबार प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनले प्रयोग गरेको १ थान मोबाइल, नगद १७ सय, को ३२ प ५९८९ नम्बरको मोटरसाईकल पनि नियन्त्रण लिएको छ ।

कन्दङवालाई पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको विभिन्न स्थानबााट बिशेष प्रहरीको सई हो भन्र्दै धाकधम्की दिर्दै पसल र बजारमा ठगी गरेको आरोप छ ।

व्यापारीहरुको गुनासो आएपछि विषेश सूचनाको आधारमा उनलाई पक्राउ गरेको र उनको म्याद थप गरी थप आवश्यक अनुसन्धान गरिरहेको पथरीका डिएसपी वेद प्रसाद गौतमले जनाए ।

सम्बन्धित खवर