Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
पथरीमा १० घरपरिवार सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा वितरण - Nigranitimes

पथरीमा १० घरपरिवार सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा वितरण

फागुन २६ गते, कानेपोखरी । मोरङको पथरीशनिश्चरे नगरले १० घरपरिवारलाई सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा वितरण गरेको छ ।

विहिबार वडा नं. ८ का सुकुम्बासीहरुलाई १० वटा जग्गा धनीपुर्जा कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले वितरण गर्नुभएको हो ।

धनीपुर्जा प्राप्त गर्नेहरुमा आसीराम लिम्बु, खड्गबहादुर भुजेल, राजकुमार चौधरी, चेतनाथ काफ्ले, कृष्ण कार्की, दिलकुमार मगर, गोपालबहादुर तामाङ, गोमादेवी भुजेल, लालीमाया भुजेल र रामबहादुर थापा रहनुभएको छ । नगर प्रमुख तुम्वापोले पुर्जा वितरणका यथार्थ कुराहरू वडावासीमा माझ प्रष्टाएका थिए ।

वडा नं. ८ को सभाहलमा भएको सो कार्यक्रम वडाअध्यक्ष नविन कार्कीको अध्यक्षतामा भएको थियो । वडाध्यक्ष कार्कीले भन्नुभयो–‘अब वडामा थप धनीपुर्जा छिट्टै नै वितरण गरिनेछ ।’ यस्तैगरी सो कार्यक्रममा वडा सदस्य बाबुराम चौधरी, शिवकुमारी विश्वकर्मा, झमक बहादुर लिम्बु, वडा स्तरीय भूमि सहजीकरण समितिका सदस्य टिकाराम खड्का लगायतको उपस्थिति रहेको थियो ।

यसभन्दा अघि वडा नं. ८ मा नै शुसिला घिमिरे नेतृत्वको राष्ट्रिय भूमी आयोग जिल्ला समिति मोरङले माघ महिनामा ११ जनलाई पुर्जा वितरण गरेको थियो ।

सम्बन्धित खवर