बुधबार, कार्तिक १९, २०८२

अनेरास्ववियुको प्यानललाई विजय गराउन मालती रेग्मीको आग्रह

फागुन ३० गते, केरौन । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा विभिन्न पार्टीहरुले आफ्नो विद्यार्थी संगठनका नेताहरुलाई उम्मेद्वारको रुपमा अघि सारेको छ ।

चुनाव नजिकिदै जादा विद्यार्थी संगठनहरुले तिव्र प्रचारप्रसार गरिरहेको छ । यसैक्रममा मोरङ कानेपोखरीमा रहेको रमाइलो बहुमुखी क्याम्पसका विद्यार्थीहरुले पनि सामाजिक सञ्जालमा प्रचारप्रसार तिव्र पारेको छ ।

नेकपा(एमाले) निकट भात्री संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले पनि आफ्नो प्यानलको तिव्ररुपमा प्रचारप्रसार गरिरहेको छ । चैत्र ५ गते हुनेस्ववियु निर्वाचनमा सभापतिमा मालती रेग्मी, सचिवमा खगेन्द्र लुईटेल र कोषाध्यक्षमा निर्मला दंगालले उम्मेद्वारी दिएका छन् ।

त्यसैगरी सदस्यहरुमा सुजता गिरी, लिलामणी श्रेष्ठ, सुजता धिमाल, एन्जल अधिकारी, सिताराम कार्की, यामुना राजवंशी, मन्जु क्षेत्री र उपेन्द्र पौडेलले उम्मेद्वारी दिएका छन् ।

‘अनेरास्ववियुको ६ संकल्प, रमाइलो बहुमुखी क्याम्पसलाई शिक्षामा बनाउनेछौं निर्बिकल्प’ कलम हुनेछ तारा हुनेछ अनेरास्ववियु विद्यार्थी साहरा हुनेछ । जस्ता नारा लिएर अनेरास्ववियुका उम्मेद्वार अहिले प्रचारप्रसारमा होमिएका छन् ।
अनेरास्ववियुको कृति, ११ र १२ मा निःश्ुल्क छात्रवृत्ति ।
गर्नुहोस मतदान राख्नुहोस कृति ।।
डिप्लोमामा गर्नेछौ निःशुल्क छात्रवृत्ति ।।।
अनेरास्ववियुको जित, विद्यार्थीको हित ।
अनेरास्ववियुको जित हुनेछ ।।
स्थानिय सरकारको हित हुनेछ ।।।
स्वस्थ्य, पानी, आधुनिक शौचालयको विकल्प ।
अनेरास्ववियुको संकल्प, निःशुल्क सेनिटरीप्याड वितरण ।।
अनेरास्ववियुको सपना अवतरण ।।। जस्ता नाराहरु ल्याएका छन् ।

अनेरास्ववियुको पहलमा कक्षा ११ र १२ मा निःशुल्क व्यवस्था गरिएकोले स्नातकमा पनि निःशुल्क पढ्ने व्यवस्था गरिने अनेरास्ववियुबाट स्ववियु सभापति पदका उम्मेद्वार मालती रेग्मीले बताइन । अहिले सम्म क्यापसको स्ववियुमा निर्वाचन भएर गएपनि केही नगरेको बताउँर्दै त्यहाँ व्यवस्थित खानेपानीको व्यवस्था गर्ने, छात्राछात्रको व्यवस्थित शौचालय, इलाइव्रेरीको व्यवस्था, व्यवस्थित कक्षा कोठको भवनको माग, पार्किङ्, गुणस्तर शिक्षामा जोड दिने जस्ता कामहरु गरिने सभापतीका उम्मेदवार रेग्मीले बताइन् । उनले यी सवै हामीले मात्र गर्ने छौ, त्यसैले मेरो प्यानललाई भोट दिई विजयी गराउन सवै संग अनुरोध गरेकी छिन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.