डम्बरबहादुर बिश्वकर्मा
चैत्र ३ गते, लेटाङ । मोरङको लेटाङ नगरपालिकाले लिम्बू भाषाको स्थानिय पाठ्यक्रम लागु गरेको छ । स्थानिय विवध भाषा–धर्म–संस्कृतिको उत्थान, प्रवर्द्धन र जगेर्ना गर्ने उदेश्यले लिम्बु भाषाको स्थानीय पाठ्यक्रम लागु गरेको हो ।
लेटाङ्ग ७ वाराङ्गी स्थित वडा कार्लयमा विहिबार पाठ्यक्रमको नगर प्रमुख कुमार भुपेन्द्र लावती र नगर शिक्षा शाखा प्रमुख कृष्णराज राले संयुक्तरूपमा सार्वजनिक गरेको थियो । वाराङ्गीमा झण्डै ८० प्रतिशत लिम्बू जातीको वसोवास रहेकाले पनि यहिँबाट लिम्बू भाषाको पाठ्यक्रम अनुसारको पढाइको शुभारम्भ गर्न लागिएको नगर प्रमुख भुपेन्द्र लावतीले वताउनु भयो ।
नगर प्रमुख लावतीले भाषा पढाउने शिक्षकको तयारीसँगै आगामी दिनमा क्रमशः पढाईको कक्षा बढाउँदै लगिने छ । साथै नगरपालिकाले अन्य भाषाको समेत संरक्षण र संवर्धनका लागि कुनै कसर बाँकी नराख्ने समेत जनाउनु भएको छ । यसका लागि वडा नम्बर ९ को वैजनाथ संस्कृत विद्या पिठलाई समेत नगरले केहि रकम विनियोजन गर्ने नगर प्रमुखले जनाउनु भयो ।
यसका लागि स्थानिय महेन्द्र माध्यमिक विद्यालय छनौट भएको र उक्त विद्यालयमा यसै शैक्षिक सत्र देखि कक्षा एक बाट लिम्बू भाषाको पढाई शुरु गरिने नगर प्रमुख लावतीले वताए । उक्त कार्यक्रमकै अवसरमा पाठ्यक्रमको एक प्रति महेन्द्र माविका प्रधानध्यापक फमकुमार मगरलाई हस्तान्तरण समेत गरिएको छ ।
यसै क्रममा लेटाङ्ग नगर पालिकाले यसै आर्थिक वर्षबाट छोरी शैक्षिक बचत कार्यक्रम लागु गरिसकेकाले सम्पुर्ण नगर भित्रका गत भाद्र यता जन्मिएका नवजात छोरी शिसुको आवस्यक कागजात सहित नगरपालिकाको कार्यलयमा सम्पर्क राख्न समेत नगर प्रमुख लावतीले जानकारी गराराउनु भयो ।
स्थानिय स्तरमा प्रचलित अन्य थुप्रै भाषा मध्ये लिम्बू भाषाको आधार सामाग्री तत्कालै प्राप्त भएकाले हाल उक्त भाषाको मात्रै पाठ्यक्रम सार्वजनिक गरिएको नगर शिक्षा शाखा प्रमुख राईले जनाए । उहाँका अनुसार अन्य भाषाभाषीको पाठ्यक्रम पनि आधार सामाग्री पाए सम्म क्रमै सँग निर्माण गर्दै लगिने छ । उक्त पाठ्यक्रम हाल कक्षा एक देखि तीन सम्मको निर्माण गरिएको भए पनि आगामी दिनमा अन्य कक्षाको पनि क्रमशः निर्माण गर्दै लगिने पाठ्यक्रम निर्माण समिति संयोजक एवं लिम्बू भाषाविद विरेन्द्र कुमार लिम्बूले वताए ।

तस्विर : डम्बर जन्तेली



प्रतिक्रिया