जातीय मुक्ति समाज कानेपोखरीको अध्यक्षमा प्रकाश परियार सर्वसहमत

चैत्र २४ गते, कानेपोखरी । एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, कानेपोखरीको अध्यक्षमा प्रकाश परियार सर्वसहमत चयन भएका छ्न ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज कानेपोखरी गाउँकमिटी, मोरङद्वारा बुधबार आयोजित सो अधिवेशनले अध्यक्ष परियारको नेतृत्वमा २५ सदस्यीय गाउँकार्यसमिति सर्वसहमत चयन गरेको हो ।

उपाध्यक्षद्व्यमा जीवन विश्वकर्मा र किनन ऋषिदेव, सचिवमा सनम रोक्का, सहसचिवहरुमा शात्तिला विश्वकर्मा र निर्मला शिवा चयन हुँदा कोषाध्यक्षमा निलम ऋषिदेव लगायतका सदस्यहरु छानिएका अध्यक्ष परियारले बताए ।

कार्यक्रममा उपस्थित वक्ताहरु शुभकामना राख्दैँ समग्रमा जाती भन्दा माथी उठेर सबैलाई सम्मान व्यवहार गर्नुपर्ने बताए । संसारमा दुई जाती महिला र पुरुष मात्र भएकाले एकअर्कालाई जातीय विषय तान्नु वा विवाद गर्नु मुर्खता रहेको सुझाए । उनिहरुले जातीय विभेद मुख्य गरी गरिबी, शिक्षा र सचेतनासँग जोडिएको छ । दलित समुदायका व्यक्तिहरू शिक्षा, सचेतना र बेरोजगारीको समस्याले उत्पीडनमा परेका हुन् । त्यसैले यस समुदायका मानिसहरुलाई शिक्षित र सम्पन्न बनाउन जरुरी छ ।

विभेदलाई सैद्धान्तिक रुपमा नभई व्यवहारिक रुपमा निर्मुल पार्न हाम्रो स्तरबाट नै कदम चाल्नु पर्दछ । समाज जब सम्म सँकुचित दायराबाट माथि उठ्न सक्दैन र चेतनाको स्तर माथि नउठदाँ सम्म यस्ता जातीय विभेद हट्दैन त्यसैले चेतनाको स्तर आफुले मात्र नभई आफ्नो परिवार र समाजको पनि बढाउनु नितान्त आवश्यक छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय सचिव सोमनाथ पोर्तेलको प्रमुख अतिथ्यता सम्पन्न अधिवेशनमा जातीय मुक्ति समाजको केन्द्रिय सदस्य गिता शिवा, एमाले प्रदेश कमिटी सदस्यहरू मधु गुरुङ, लक्ष्मी फुयल, एमाले जिल्लाा सचिवालय सदस्य भोलाप्रसाद अधिकारी, जिल्ला सदस्य दान बहादुर बस्नेत, नवीन पौडेल, जिल्ला अध्यक्ष किशोर विश्वकर्मा, जिल्ला उपसचिव दुर्गा नेपाली, वडा नं.२, ५, ६ का वडा अध्यक्षहरु सुशील बुढाथोकी, चरण गुरुङ र खडग बस्नेत लगाएत उपस्थित रहेका थिए ।

सम्बन्धित खवर