इटहरीको यातायात कार्यालयबाट कीर्ते गर्ने कर्मचारीसहित २२ बिचौलिया पक्राउ

जेठ २ गते, इटहरी । सरकारी छाप कीर्ते गरी अवैध असुलीको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालयबाट कर्मचारीसहित २२ जना बिचौलीयालाई पक्राउ गरेको छ ।

सुनसरीको इटहरीस्थित कोशी अञ्चल यातायात व्यवस्था कार्यालयबाट पक्राउ परेकाहरूले कार्यालयसमेत राखेर सरकारी फाइल, बिलबुक, रबर स्ट्याम्प, वडाध्यक्षका कीर्ते छापलगायतका सरकारी कागजात दुरुपयोग गरेको प्रहरीको आरोप छ ।

अवैध असुलीमा कर्मचारी समेतको संलग्नता रहेको प्रहरीको आशंका छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधवप्रसाद काफ्लेले पक्राउ परेका माथि अनुसन्धान सुरु गरेको जानकारी दिए ।

यातायात कार्यालय परिसरमा बिमा कम्पनी, ड्राइभिङ सेन्टर, चियाखाजा पसलको नाममा समेत दलाली हुने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका थिए ।

सम्बन्धित खवर