बुधबार, बैशाख ९, २०८३

कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

असार २७, काठमाडौं । कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सभामुखको हस्ताक्षर समेतका आधारमा सरकार गठन भए पछि कोशी सरकारले कुनै निर्णय नगर्न रोक लगाएको हो ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले मुद्दाको अन्तिम किनारा नभएसम्मका लागि कोशी सरकारलाई दीरघकालीन महत्वको कामकाज गर्न रोक लगाएको छ ।

कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत समर्थनमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.