असार २९, पथरी । सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर समितिले पथरीशनिश्चरे नगरपालिकालाई तीन बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
शुक्रबार महासंघको नगर अध्यक्ष मैनादेवी फुयल र सचिव हेमभक्त गुरुङको नेतृत्वको टोलीले नगरप्रमुख मोहन प्रसाद तुम्वापोलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्र्दै नगर प्रमुख तुम्वापोले सामुदायिक वन समूहको समस्या हल हुने बताएका थिए ।
चौतारी सामुदायिक वन समूहका अध्यक्ष टंक कन्द्ङ्वा, सुन्दर सामुदायिक वन समूहका अध्यक्ष मानबहादुर पाठक, शान्ति सामुदायिक वन समूहका अध्यक्ष हेमभक्त गुरुङ, मनकामना सामुदायिक वन सूहका अध्यक्ष उद्य कुमार राई, पशुपति सामुदायिक वन समूहका अध्यक्ष बालकुमार मगर, डाँसमोरङ्गी सामुदायिक वन समूहका अध्यक्ष मदन पोख्रेल, भुल्के पशुपति सामुदायिक वन, सिता छधारे सामुदायिक वन समूहबाट दानबहादुर लिम्बु र महिला जागृती सामुदायिक वन समूहका प्रतिनिधि उपस्थित भई ज्ञापन पत्र बुझाएका थिए ।
वन उपभोक्ता समूहले बर्षमा एक पटक वन पैदावारबाट आएको कुल आम्दानीको १० प्रतिशत कर स्थानीय सरकारलाई बुझाउँर्दै आएको छ । त्यो वाहेक नगरको विभिन्न वडाहरुमा क्रियाकला गरेपावत सिफारिसको दस्तुर लिने गरेको र दाउरा प्रति चट्टाको सिफारीसमा पनि दस्तुर स्थानीय सरकारलाई तिर्नुपर्ने बाध्यता छ । वन समूहले बर्षमा एक पटक १० प्रतिशत कर तिरे पछि त्यो अन्य कर छुट गरी वातावरण सहज बनाउन र करको दायर एकरुपता वनाउन आग्रह गरेका छन् ।
त्यस्तै नगरपालिकाबाट वन वातारणमा शिर्षकमा कहाँ, कहिले कति वजेट विनियोजन भयो, त्यसको खर्च कसरी भयो र योजना कसरी सम्पन्न भयो ? यसको जानकारी नगर महासंघलाई हुनुपर्ने र अवका दिनमा स्थानीय नगर महासंघको समन्वयनमा समूहमार्फत गराउने कार्य गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
गाउँ र बजार क्षेत्रबाट अहिले नगरपालिकाले फोहोर संकलन गरेर शान्ति सामुदायिक वन क्षेत्रमा फाल्दै आइरहेको छ । त्यस स्थानमा फोहोरलाई जलाउने बाहेक अन्य केही उपाया नभएकोले फोहोर जलाउँदा त्यसको प्रदूशनले मानाव स्वास्थ्यमा असर पर्ने गरेको छ भने छेउछाउका अन्य रुख विरुवाहरु मर्ने गरेको छ । वनको ऐन र नियमवाली अनुसार वन क्षेत्रभित्र फोहोर मैला व्यवस्थापन गर्ने नीति नियम नभएकोले नगरपालिकाले वैज्ञानिक र वैधानिक ढंगले फोहोरको व्यवस्थापन गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख रहेको छ ।