सोमवार, पुस २८, २०८२

दुई महिना वित्दा पनि परीक्षा नगरेको भन्दै शिक्षक महासंघले बुझाए ज्ञापन पत्र

५ पुस, कानेपोखरी । विद्यालयले शिक्षक पद पुर्ति गर्नका लागि खुल्ला विज्ञापन गरेको दुई महिना वितिसक्दा पनि परीक्षा गर्न आलटाल गरेपछि नेपाल शिक्षक महासंघ गाउँ समिति, कानेपोखरीले ज्ञापन पत्र बुझाएका छन् ।

मोरङको कानेपोखरी–४ स्थित मिलन चोकमा रहेको पञ्चकन्या आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई ज्ञापन पत्र बुझाएका हुन । शिक्षक महासंघ कानेपोखरीका अध्यक्ष धर्मराज थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोषन लामिछाने गुरुङ र प्रधानाध्यापक भरत राजवंशीलाई बुधबार बुझाएका थिए ।

विज्ञापन अनुसार प्रा.वि. तह तृतीय श्रेणी राहत अनुदान कोटाको योग्यता हाँसिल भएको उमेद्धारले समयमै दरखास्त हाले पनि विद्यालयले परीक्षा नर्गनुले शंङ्का उपशंङ्का भएको विज्ञप्तीमा उल्लेख छ । लामो समय वितिसक्दा पनि परीक्षा गर्न नसक्नुले परीक्षा प्रतिको पारदर्शिता र विश्वसनियता नभएको ठहर गरेको छ ।

समयमै परीक्षा सञ्चालन गरी विद्यार्थीको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्दै वैध, विश्वसनीय र पारदर्शी ढङ्गबाट परीक्षा गर्न समेत अनुरोध गरेको छ । परीक्षाका लागि आवेदन दिएका उम्मेद्वारहरुले परीक्षा सञ्चालनमा ढिलासुस्तीप्रति असन्तुष्टी जनाउँदै समयमै परीक्षा सञ्चालनको लागि वातावरण बनाईदिन भन्दै नेपाल शिक्षक महासंघ गाउँ समिति, कानेपोखरीलाई गुनासो राखेका थिए ।

पञ्चकन्या आधारभूतमा प्रा.वि. तह तृतीय श्रेणी राहत अनुदान कोटामा परीक्षाको लागि १३ जनाले आवेदन दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोषन लामिछाने गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार परीक्षा सोमबार हुने बताउँदै निष्पक्क्ष र पारदर्शीता ढङ्गले परीक्षा गरी योग्य शिक्षक नियुक्ति गर्नु विद्यालयको माग हो र परीक्षा विद्यालयको कारणले ढिलो नभएको बताए ।

शिक्षक र कर्मचारीहरुको ५ घटक संस्थाले संयुक्तरुमा हस्ताक्षर गरी ज्ञापन पत्र बुझाएका थिए । नेपाल शिक्षक महासंघ गाउँ समिति, कानेपोखरीका अध्यक्ष धर्मराज थापा, नेपाल राष्ट्रिय शिक्षक संगठन गाउँ समिति, कानेपोखरीका अध्यक्ष संञ्जीव खड्का, नेपाल शिक्षक संघ गाउँ समिति कानेपोखरीका अध्यक्ष जगत बहादुर बोहोरा, एकीकृत अखिल नेपाल शिक्षक संगठन गाउँ समिति, कानेपोखरीका अध्यक्ष सुरत लाल चौधरी र नेपाल विद्यालय कर्मचारी परिषद गाउँ समिति, कानेपोखरीका अध्यक्ष जीतमाया भुजेलले हस्ताक्षर गरी बुझाएका हुन ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.