धिमाल जातिय विकास केन्द्र कानेपोखरीको साधारणसभा सम्पन्न

सनम रोक्का
१४ पुस, कानेपोखरी । धिमाल जातिय विकास केन्द्र, कानेपोखरी गाउँपालिका समितिले तेश्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कानेपोखरी ६ रमाइलो स्थित जनएकता साकोसमा शुक्रवार सो कार्यक्रम सम्पन्न भएको हो ।

३ वर्षे कार्यकाल अवधीको आयव्यय समिति अध्यक्ष प्रकाश धिमालले सभामा प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रमको प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष केदार धिमालले आफ्नो कुरा राख्दैँ धिमाल समुदाय जहिल्यै कार्यकर्ता मात्र होइन नेतृत्वकर्ता हुनुपर्ने कुरा व्यक्त गरे । उनले भने, ’एउटै समुदायका मानिसहरु नेता र कर्मचारी रहेका छन उनिहरु मात्र सत्तामा पुग्ने र हाम्रो समुदायलाई सधैं दलनमा राख्ने परम्परा अझै कायमै छ । त्यसैले हामी यस्ता विषयलाई चिर्न सचेत र शिक्षित हुन आवश्यक छ ।’

त्यस्तै, कार्यक्रममा शुभकामना दिने अन्य वक्ताहरु धिमाल जातीय विकास केन्द्र जिल्ला अध्यक्ष पित बहादुर धिमाल, आदिवासी जनजाति कानेपोखरी महासंघ अध्यक्ष भोजविर माझी, वडाअध्यक्षहरु खड्गबहादुर बस्नेत, चरण गुरुङ, युवानेता तथा समाजसेवी नवीन पौडेल, सुशील राई, नवीन राई लगायतले बोल्दैँ धिमाल जाती मुलबासी, भुमिबासी भएकाले यस समुदायलाई अघि बढ्न राज्यले समान अवसर दिदैँ पहिचानलाई पनि मध्यनजर गर्नु आवश्यक रहेको कुरा बताए । उनीहरुले एकैप्रकारका कुराहरु व्यक्त गर्दै धिमालको पहिचानलाई जोगाउन राजनीतिक पार्टीमा भर नपरी समुदायको बौद्धिक स्तर कसरी विकास गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्ने कुरा राखे ।

कार्यक्रममा वडा सदस्य पदमाकुमारी कार्की, शुसिला धिमाल, थारु कल्याणकारी सभा केन्द्रिय पार्सद लक्ष्मण चौधरी, सुर्य धिमाल, समितिका पदाधिकारी, धिमाल समुदायका मानिसहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रमको अध्यक्षता प्रकाश धिमालले गरेको थिए भने कार्यक्रम संचालन सचिव अनिल धिमालले गरेका थिए ।

निवर्तमान समितिले आफ्नो कार्यकालमा कानेपोखरी गाउँपालिकासँग परिचयात्मक कार्यक्रम, नेतृत्व विकास कार्यक्रम, पद तथा दायित्व सम्बन्धि कार्यक्रम, भातृसंगठन निर्माण, ४५ दिने महिला जागरण तथा सचेतना अभियान, पहिलो नागरिक घोषणाका लागि तथ्यांक संकलन, धिमाल संग्राहलय स्थापना, कानेपोखरीका धिमाल जनगणना, धिमाल फुड फेस्टिभल लगायतका कार्यहरु गरेको प्रतिवेदनमा उल्लेख छ । समितिले तयार पारेको प्रतिवेदन अनुसार कानेपोखरी गाउँपालिका भित्र रहेका ६ गाउँहरु कारीकोशी, धाँपगाउँ, जहदा, डुम्रीघाट, धम्कुवा र बयरवनमा गरि जम्मा ५२८ घरधुरी र २७०० जनसंख्या रहेका छन ।

 

 

सम्बन्धित खवर