१७ पुस, कानेपोखरी । मोरङ कानेपोखरी–६, रमाइलोमा स्थापित जनसेवा माध्यामिक विद्यालयका पूर्व विद्यार्थीको दोस्रो पुनर्मिलन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
जनसेवा माविमा २०५५ सालको एस.एल.सी. व्याचका पूर्व विद्यार्थीले पुस १४ गते पुनर्मिलन तथा वनभोजको कार्यक्रमको आयोजना गर्दै भेला भएका हुन । कार्यक्रममा विभिन्न ठाउँबाट ३० जना पूर्व विद्यार्थीहरु सहभागी भएका थिए । कानेपोखरी–६ निवासी मनकुमारी गुरुङको नेतृत्वमा भापाको भद्रपुर, सुनसरीको धरान, इनरुवा, इटहररी, मोरङको विराटनगर, बेलबरी, विराटचोक, पथरीशनिश्चरे र उर्लाबारीबाट सहभागी भएका थिए ।
उतिखेर जनसेवा माविमा अध्ययन गरेता पनि अहिले अध्ययन, बसाईसराई, व्यापार व्यवसाय, विवाह लगाएतको कारणले नेपालका विभिन्न स्थानमा छरिएर रहेको पूर्व विद्यार्थीलाई प्रत्येक बर्ष एकचोटी भेला भएर दुखसुखको कुराकानी साटासाट गरिने पूर्वविद्यार्थी उमेश पौड्यालले बताए ।
जनसेवा माविमा २०५५ सालको एस.एल.सी. व्याचको ग्रुप निर्माण गरी सम्पर्कमा आएजती दोस्रो पटक पनि पुनर्मिलन तथा वनभोजको आयोजना सम्पन्न गरेको व्यवस्थापन टिमका सदस्य जनक ढकाल बताउँछन् । यस पटक ३० जना मात्र सहभागी भएको थियो भने पहिलो पटक ४३ जना सहभागी भएका थिए । भेटघाट कार्यक्रममा सवैजना छलफलमै व्यस्त थिए ।
यस्ता कार्यक्रम अर्को बर्ष अझ वृह्रद गरिने व्यवस्थापन टिमका संयोजक मनकुमारी गुरुङले बताइन् । कार्यक्रममा शुभकामना आदनप्रदान पनि गरिएको थियो । उपस्थितहरु जनप्रतिनिधि, शिक्षक, राष्ट्र सेवक र गृहिणी जस्ता कार्यमा व्यस्त रहेको परिचयको क्रममा बताइएको थियो ।
जनसेवा माविमा २०५५ सालको एस.एल.सी. व्याचमा जम्मा २१५ जनाले एस.एल.सी पास गरेका थिए । जस्मा नियमित १३८, आंशिक ४७ जना र पुरक ३० जना रहेका थिए । उतिखेर ए, बि, सि, डि सेक्सन सम्म रहेको थियो ।