शान्ति भुल्के सिमसारमा ‘विश्व सिसार दिवस’ मनाए

१९ माघ, पथरी । मोरङको पथरी शनिश्चरे–१ स्थित शान्ति सामुदायिक वन क्षेत्रमा रहेको शान्ति भुल्के सिमसारमा विश्व सिमसार दिवस २०२४ मनाइएको छ ।

डिभिजन वन कार्यालय मोरङ र शान्ति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा विश्व सिमसार दिवस मनाइएको हो । प्रदेश नं १ का वन मन्त्री गणेश उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा विशिष्ट अथिति पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले सिमसारले पर्यटन प्रवद्र्धनको साथै जीवनयापनको लागि महत्वपूर्ण योगदान दिएको बताए । शान्ति सामुदायिक वनका अध्यक्ष कुलमणि गुरुङले सिमसार क्षेत्रको बारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा सिमसार सम्वन्धी चित्रकला प्रतियोगिता पनि गरिएको थियो । चित्रकलामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीहरुलाई प्रमाण–पत्र र ट्रफी, मेडल प्रदान गरिएको थियो ।

त्यस्तै धिमाल जातिको साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो । सो कार्यक्रमको रचनात्मक साझेदार एभरेष्ट आर्ट फ्युजन पथरी र ललितकला संगम विराटनगरले गरेको थियो ।

सम्बन्धित खवर