वडाका मेलमिलापकर्ताहरुलाई पुनर्ताजगि तालिम

४ जेठ, धनकुटा । मोरङको कानेपोखरी गाउँपालिकाले मेलमिलाप मेलमिलापकर्ताहरुलाई तीन दिने पुनर्ताजगि तालिम हिजोदेखि सुरुगरेको छ ।

धनकुटाको साँगुरीगढी –६, नाम्जे थुम्की होमस्टेमा हिजो विहिबार देखी सुरु भएको हो । तालिम भोली शनिबार समापन हुने छ । तालिमको उद्घाटन गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक भोला प्रसाद अधिकारीले गरेका थिए ।

तालिममा पालिकाको ७ वटै वडाबाट प्रतिनिधि र कर्मचारी गरी जम्मा ४५ जनाको सहभागी रहेको न्यायिक समितिका सदस्य दुर्गा नेपालीले बताइन् । तालिमलाई प्रमुख प्रशिक्षक मेघराज न्यौपाने र प्रशिक्षक हरि बहादुर बरालले सहजिकरण गरेका थिए । तालिममा वडा सदस्यहरु जीतबहादुर लिम्बु, सरस्वती काफ्ले, विमला बुढाथोकी, दिपेश थापा, रामजी भण्डारी लगाएत सहभागीता रहेका छन् ।

हिलो र दोस्रो दिन तालिममा पहिलो पक्ष र दोस्रो पक्षले गर्नुपर्ने काम कर्तव्यहरु प्रस्तुत गरिएको थियो । जस्तै पहिलो पक्षमा अडान, तत्काल मागेको कुरा, ठोस कुरा, जिद्धि, हित, किन भनेर प्रश्न गर्दा आउने उत्तर, कसरी पुरा गर्ने, साझा विकल्प, सहमती र योजनावद्ध सहमती जस्ता विषय बस्तुहरु प्रस्तुत गरिएको थियो ।

तालिममा प्रत्येक दिन सभाअध्यक्ष, प्रतिवेदन, मुल्याङ्कन र मनोरञ्जनको जिम्मेवारी दिएको थियो । त्यसको जिम्मेवारी डिल्ली ओझा, जीतबहादर लिम्बु, इन्दु बाँस्कोटा, टंकेश्वरी याक्खा र चन्द्र खड्का लगाएतले लिएका थिए ।

अतिथिहरु जनप्रतिनिधिहरु, समाजसेवी दानबहादुर बस्नेत, त्रिभूनाथ फुयल लगाएत रहेका थिए ।  गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रममा वडाअध्यक्ष खड्ग बस्नेत, वडाध्यक्ष मोहन प्रसाद अधिकारीले सम्बोधन गरेका थिए भने कार्यक्रम संचालन न्यायिक समिति सदस्य दुर्गा नेपालीले गरेका थिए ।

सम्बन्धित खवर