१३ मंसिर, कानेपोखरी । मोरङको कानेपोखरी–६ मा स्थापित रमाइलो जनएकता बचत तथा सहकारी संस्थाले निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।
बुधबार वडा नं. २ स्थित शिव राधाकृष्ण मन्दिर परिसरमा भएको आँखा शिवरमा १६० जना सेयर सदस्यले आँखा जाँच गराएका थिए । शिविरमा २६ जनाको आँखामा मोतियाविन्दु देखिएको थियो । मोतियाविन्दु देखिएका सबैलाई निःशुल्क शल्यक्रिया तथा उपचार गरिने आयोजक संस्थाले जनाएको छ ।
विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा शिविर कार्यक्रम युवा परिचालन तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक अशोक फुयलको नेतृत्वमा सम्पन्न भएको थियो ।