बाल सुर्य सहकारीको अठारौं वार्षिक साधारण सभा सम्पन्न

२२ मंसिर, कानेपोखरी । मोरङको कानेपोखरी –३ स्थित हरकपुरमा स्थापित बाल सुर्य बचत तथा ऋण सहकारी संस्थाको अठारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष हेमचन्द्र भण्डारीले प्रगति प्रतिवेदन तथा कार्ययोजना प्रस्तुत गरेका थिए ।

संस्थाले यस आर्थिक बर्षमा ७२ हजार ८ सय ८० रुपैया शुद्ध बचत गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको छ । संस्थाको स्थिर सम्पति २ लाख ३५ हजार १२ रुपैया रहेको छ । संस्थाको ऋण लगानी छैन । संस्थाले ४१ लाख ७८ हजार ८ सय ६१ रुपैया बचत गरेको छ ।

सभामा आफ्ना सेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । आर्थिक कारोबार बचत तर्फ इन्दिरा दाहाल र रिठेठे मुर्मुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै आर्थिक कारोबार दैनिक बचतमा रेणुका राना मगर, संचालक तर्फ मोहनप्रसाद पोख्रेल, कर्मचारीमा नविनकिशोर दाहाल, आर्थिक कारोबारमा अस्मिता थापा र धुर्मे सोरेमलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै १६ जना जेष्ठ सदस्यलाई नगद ५ सय प्रदान गरी सम्मान गरेका थिए । सम्मानित र पुरस्कृत हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले सम्मान तथा पुरस्कृत गरेका थिए ।

सभामा कोषाअध्यक्ष नवराज न्यौपानेले आर्थिक बर्ष २०८०/०८१ को यथार्थ आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव लल्मी प्रसाद दाहालको संचालन रहेको कार्यक्रममा जनमुखी साकोसका उपाध्यक्ष हरि कोइराला, वडा सदस्यहरु र विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

 

सम्बन्धित खवर