कानेपोखरी गाउँपालिकाको प्रशासनिक सेवा भौसाबारीबाट सुरु

१५ फागुन, पथरी । मोरङको कानेपोखरी गाउँपालिकाले प्रमुख प्रशासनिक सेवा बिहिबारदेखि वडा नं. ५ को वडा कार्यलयबाट सुरु गरेको छ । वडा नं. ६ स्थित रमाइलोबाट दिँइदै आएको सेवा वडा नं. ५ स्थित भौंसावारीबाट दिन सुरु गरेको हो ।

बिहीबारबाट नियमित सेवा प्रवाह सुरु गरेको गाउँपालिका अध्यक्ष राजमति इङ्नामले बताइन् । निर्वाचनमा गर्छु भनेरे गरेको बाचा अहिले पुरा गरेको अध्यक्ष इङ्नामले बताइन् । हाल पालिका सरेको भवनमा यसअघि ५ नंं. वडा कार्यालय हो । ५ नम्बर वडा कार्यालयलाई अब तत्कालको लागि अन्यत्र व्यवस्थापन गरिने इङ्नामले बताए ।

२०७२ सालमा राज्यपुर्नसंरचना हुँदा कानेपोखरी गाउँपालिकाको सेवा तत्कालिन वयरवन गाविसको भवनबाट सञ्चालन गर्ने निर्णय भएको थियो । वयरवन, केरौन र होक्लावारी गाविस मिलेर बनेको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन मध्यभागमा निर्माण गर्ने भनेर नेकपा एमाले कानेपोखरीले घोषणा पत्रमै उल्लेख गरेर निर्वाचन जितेका थिए । सोही अनुसार उतिखेर कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेको नेतृत्वको टिमले वडा नं. ५ को भौंसावारी चौक दक्षिणमा एक विघा तीन कट्ठा जग्गा खरिद गरेको थियो ।

जग्गा खरिद गरेपनि भवन निर्माणको प्रक्रिया अघि नबढ्दै प्रशासनिक भवन वडा कार्यालयमा सारिएको छ । सङ्घीय मन्त्री परिषदले २०८१ पुस १६ गते कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन सार्न स्वीकृति दिएको थियो ।

यसअघि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ उपदफा ९३० बमोजिम गाउँसभाको दुई तिहाई बहुमतले प्रशासनिक भवन सार्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम मन्त्री परिषदले स्वीकृति प्रदान गरेको पालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताए ।

सम्बन्धित खवर