नेकपा एमाले कानेपोखरीको दोस्रो अधिवेशन आज हुँदै

२८ चैत्र, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी एमाले कानेपोखरी गाउँ कमिटिको दोस्रो अधिवेशन आज हुने भएको छ ।

कानेपोखरी ६ स्थित रमाइलो जनएकता सभाहलमा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको हो । अधिवेशनमा एमाले केन्द्रिय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज जीवन घिमिरे, प्रदेश सदस्य तथा जिल्ला तहका नेताहरुको उपस्थितमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।

अधिवेशनमा प्रतिनिधिको लागि प्रत्येक वडामा चैत्र २३ गते प्रतिनिधि छनौट गरिसकेको छ । वडा नं. १ बाट १३, वडा नं. २ बाट २१, वडा नं. ३ बाट ११, वडा नं. ४ बाट २४, वडा नं. ५ बाट २१, वडा नं. ६ बाट २४, वडा नं. ७ बाट २२, जनवर्गीय संगठनबाट २२ जना र ८ जना मनोनित गरी जम्मा १६४ जना प्रतिनिधिहरु रहेका छन् ।

कानेपोखरी गाउँपालिकामा १३६० जना संगठित सदस्यहरु रहेको आयोजक कमिटिका सचिव कृष्ण थामीले बताए । प्रतिनिधि छनौट संगठित सदस्यको आधारमा छनौट भएका छन् । युवा, महिला, आदिवासी जनजाती, दलित, मधेशी तथा मुस्लिम र खुल्ला सदस्यहरुमा चयन भएर गाउँ कमिटि निर्माण हुनेछ ।

वडा नं.१ मा १३२, वडा नं. २ मा २०९, वडा नं. ३ मा १०८, वडा नं. ४ मा २४२, वडा नं. ५ मा २०७, वडा नं. ६ मा २४१, वडा नं. ७ मा २२१ जना संगठित सदस्य रहेको एमाले कानेपोखरीको तथ्याङ रहेकोछ ।

कानेपोखरी दोस्रो अधिवेशन सम्पन्न गर्नको लागि यस अघि यशोदा लिम्बूको अध्यक्षमा आयोजक कमिटि निर्माण गरिएको थियो ।

सम्बन्धित खवर