शुक्रबार, पुस २५, २०८२

कक्षा ८ को परीक्षामा संस्थागत ९७ प्रतिशत र सामुदायिकको ४५ प्रतिशत

७ बैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका अन्तरगत कक्षा ८ परीक्षामा संस्थागत विद्यालयबाट ९७.८९ प्रतिशत विद्यार्थी पास भएका छन् भने सामुदायिक विद्यालय तर्फ ४५.०२ प्रतिशत मात्र विद्यार्थी पास भएका छन् ।

सतप्रतिशत पास गराउने विद्यालयहरुमा वडा नं. ३ को बालज्योती एकेडेमी, वडा नं. २ को कालिस्थान नमूना इङ्लिस स्कुल, वडा नं. १ को बालज्योती इङ्लिस स्कुल, वडा नं. ५ को मंकालु मोरङ इङ्लिस स्कुबल, वडा नं. ४ को रमाइलो बालजगत र पिनाकल ज्ञान मन्दिर र वडा नं. ७ को आर्दश इङ्लिस स्कुल रहेका छन् ।

अन्य वडा नं. ६ का माउण्ट हर्मोन चिल्डे«न एकेडेमीले ९७.९२ प्रतिशत, वडा नं. २ को बालसंसार इङ्स्कुलले ८७.५० प्रतिशत र पर्ल एकेडेमी इङ्लिस स्कुलले ९४.४४ प्रतिशत विद्यार्थी पास गराएका थिए ।

७ वटा संस्थागत विद्यालयले सतप्रतिशत पास गराएका छन् ।

त्यस्तै कक्षा ८ अन्तरगत सामुदायिक विद्यालयमा बलदेव आधाभूतले ९०.९१, जनमत स्वरस्वती आधारभूतले ८३.३३, बाल माविले ८१.२५, पञ्चज्योती आधारभूतले ६९.२३, सिहदेवी माविले ७५ प्रतिशत, शिक्षा विकास माविले ६३.८९, जनता आधारभूतले ६८ प्रतिशत, जनकल्याण माविले ५७.१४, प्रेम लक्ष्मी आधारभूत ३६.३६, जनसेवा माविले ३३.९८, श्रीमावि भौसाबारी २५ प्रतिशत, शिक्षा सदन माविले १७.१४, श्रीमावि होक्लाबारीले ९.०९ प्रतिशत विद्यार्थी पास भएका छन् ।

सामुदायिक विद्यालयमा कक्षा ८ मा सबै भन्दा बढी विद्यालय पास हुने विद्यालय बलदेव आधाभूत छन् भने सबै भन्दा कम विद्यार्थी पास हुने विद्यालय श्रीमावि होक्लाबारी रहेका छन् ।

कक्षा ८ को परीक्षामा सामुदायिक तर्फ १३ वटा विद्यालयका ४४२ जना विद्यार्थीले परीक्षा दिएका थिए भने १९९ जना पास भए भने २४३ जना फेल भएका थिए । त्यस्तै संस्थागत तर्फ १० वटा विद्यालयका २३७ जना विद्यार्थीले परीक्षामा सहभागि हुँदा २३२ जना पास भएका थिए भने ५ जना फेल भएका थिए ।

गाउँपालिकाले गत चैत्र ८ गतेदेखि परीक्षा सुरु गरी चैत्र १५ गते सम्पन्न गरेको थियो । गाउँपालिकाले गत चैत्र ३१ गते परीक्षाको नतिजा सामाजिक सञ्जाल मार्फत प्रकाशन गरेको थियो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.