गुणस्तरहीन सामग्री प्रयोग गरेर निर्माण गरेको भन्दै पालिकाले भत्काइदिए साइड ड्रेन

२६ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा ठेकेदार कम्पनीले साइड ड्रेन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै साइड ड्रेन भत्काइदिएको छ ।

शुक्रबार गाउँपालिका उपाध्यक्ष तथा अनुगमन् समितिका संयोजक भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिरा यादव र इन्जिनियरको अनुमगन् टोलीले साइड ड्रेन भन्काएको हो ।

नारायण चोक पूर्व गुरुङ चोकदेखि मिलन चोक जाने बाटोमा निर्माणाधीन साइड ड्रेनमा गुणस्तरहीन सिमेन्ट, ५० केजी भन्दा ठुला ढुङ्गा भेटिएको हो । अनुगमन् टोलीले गुणस्तरहीन सामग्री भेटेपछि केही भाग भत्काएको छ भने बाँकी भोली शनिबार जेसिवी लगाएर भत्काउने उपाध्यक्ष अधिकारीले बताए । उनका अनुसार दुई सय मिटरमा एकसय मिटर भत्काएर पुनः काम गर्नु लगाउनु पर्ने बताए ।

वडा नं. ४ को गुरुङ चोकदेखि दक्षिण ५ सय मिटर डे«न निर्माण गर्न अलि विल्डर कम्पनी इनरुवाले गाउँपालिकासँग ठेक्का सम्झौता गरेको थियो । गत आर्थिक वर्षमा लिएको ठेक्का सडकमा विवाद आएपछि निर्माण गर्दै गरेको साइड डे«न ठेकेदारले छोडेको थियो । पालिकाले निर्माण सम्पन्न म्याद थप गरिदिएपछि ठेकेदार कम्पनीले यस आर्थिक वर्षमा योजना सम्पन्न गर्ने योजना रहेको थियो ।

त्यतिमात्र होइन, अलि विल्डर कम्पनी इनरुवाले वडा नं. ६ र वडा नं. ७ मा पनि ५ सय मिटरको साइड ड्रेन निर्माण गर्ने सम्झौता गरेको छ । ठेकेदार कम्पनीले तीन वटाको १५ सय मिटर लगभग १ करोड १० लाखमा सम्झौता गरेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर