बुधबार, कार्तिक १२, २०८२

कानेपोखरी जंगलमा भेटिएको शवको पहिचान नखुले पछि १७ दिनमा अन्त्येष्टि

३ कात्र्तिक, मोरङ । कानेपोखरी– ७, स्थित कानेपोखरी जंगलमा कुहिएको अवस्थामा भेटिएको शवको पहिचान नखुले पछि शवको अन्त्येष्टि गरिएको छ ।

शवको विराटनगर स्थित कोशी अस्पतालमा पोष्टमार्टम गरी सिंगिया खोलामा अन्त्येष्टि गरिएको हो । कानेपोखरी गाउँपालिकाका नगरप्रहरी युवराज भुजेलको नेतृत्वको टोलीले शवको असोज ३१ गते शुक्रबार सिंगिया खोलामा लगि जलाएका थिए । आफन्त कोही नभेटिएपछि सबै प्रक्रिया पुर्याएर शवको अन्त्येष्टि गरिएको नगरप्रहरी भुजेलले बताए ।

गत असोज १४ गते विहान १० बजे वडा नं. ७ को दहिलामी चौरी सामुदायिक वन क्षेत्रमा रनबाँस रुखको हाँगामा अन्दाजी ४०÷४५ वर्षको झुण्डिएको अवस्थामा फेला परेको थियो । एक हप्ता अघि नै झुण्डिएको हुन सक्ने त्यो पुरुषको शव पहिचान नहुने गरी कुहिएको अवस्थामा फेला पारेको नगरप्रहरी प्रमुख भुजेल बताउछन् ।

नगरप्रहरी र प्रहरीले पहिचान हुने कुनै प्रमाण फेला नपारेपछि शव विराटनर स्थित कोशी अस्पतालको शवगृहमा शव राखेका थिए । प्रहरी र नगरप्रहरीले आ–आफ्नो फेसबुक पेजबाट शव भेटिएको सूचना गरेका थिए ।

सेतो सर्ट र कालो कट्टु लगाएको, टाउँकोमा कपाल नभएको, अनुहार पुरै सडी गलेको हुलिया सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.