१९ भदौ, काठ्माडौ । त्रिशूली–३ ’ए’ जलविद्युत आयोजनाको सुरूङबाट २ जनालाई १० दिनपछि जीवितै उद्धार गरिएको छ ।
भदौ १० गते तिब्बत हुँदै आएको भीषण बाढीपछि सुरूङमा फसेका २ जनालाई जीवितै उद्धार गरिएको हो ।
सुरूङमा फसेकाहरूको शुक्रबार बिहान ९ः२० बजेसम्म २ जनालाई सुरूङबाट जीवित उद्धार गरिएको हो ।
उद्धार गरिएकाहरूमा सञ्जय शाह र कविर महर्जन छन् । उनीहरूलाई सेनाले घटनास्थलमै प्राथमिक उपचार प्रदान गरिरहेका छन् ।
त्यसपछि सेनाले हेलिकप्टरबाट उनीहरूलाई काठमाडौं ल्याउने तयारी गरेको छ । सुरूङमा फसेका अन्यको पनि खोजी भइरहेको छ ।




प्रतिक्रिया