मुख्य खबर

बाढीपीडित राहतको लागि लेटाङ नगरपालिकाद्वारा २५ लाख ६७ हजार सहयोग

२० भदौ, लेटाङ । मोरङको लेटाङ नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि २५ लाख ६७ हजार ३ सय ८५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको भदौ १९ गते बसेको बैठकले सो बराबरको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते भोटेकोशी, त्रिशुली लगायतका नदीहरूमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्लामा भएको ठुलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

नगरपालिकाले संकलित सहयोग रकममा जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको योगदान रहेको जनाएको छ । जनप्रतिनिधिहरूबाट १ लाख ४९ हजार १०० सय रुपैया, नगरपालिकाका कर्मचारीहरूबाट ७ लाख ११ हजार ५ सय ५२ रुपैया, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूबाट १७ लाख ६ हजार ७ सय ३३ रुपैया गरी जम्मा सहयोग रकम २५ लाख ६७ हजार ३ सय ८५ रुपैया संकलन गरेको छ ।

प्रतिक्रिया