मुख्य खबर

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

२५ भदौ, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् ।

यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।

यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।

उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।

 

प्रतिक्रिया