पथरी । मोरङको पथरीशनिश्चरे–२, स्थीत बुद्धचोकमा साढें २ करोडको लगानीमा सुविधा सम्पन्न होटल साल्पा विहिबार उद्घाटन हुने भएको छ ।
उद्योग बाणिज्य संघ पथरीका महासचिव साम्पाङ्ले सो बराबरको रकम लगानी गरेर खोलेको होटल मेयर दिलिपकुमार राईले उद्घाटन गर्ने भएको हो । विहिबार एक भव्य कार्यक्रम विच उद्घाटन गर्न लागेको संचालक साम्पाङले बताए ।
२ कट्ठा १४ धुर क्षेत्रफलमा बनेको होटलमा १२ ओटा कोठा एटेज रुम, ३० जनादेखि ५० जनासम्म पाहुनालाई आवासको सुविधा दिने सक्ने क्षमता रहेको होटल संचालक अशोक कुमार साम्पाङले बताए ।
राम्रो आकारमा सजिएको चारतले घरको वरिपरी राम्रो वातावरण भएको छ । बाहिर खुल्लारुपमा कार्यक्रमको आयोजना गर्न मञ्च सहितको खुल्ला ठाउँ रहेको छ । खुल्ला ठाउँमा वरीपरी मनलोभ्याउने विभिन्न कलात्मक आर्टहरु रहेको छ ।