रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकामा हात्तिपाईले (फाइलेरिया) रोग विरुद्ध औषधि पहिलो दिन २१ सय जनाले सेवन गरेको छ ।
शनिबार कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले गाउँपालिकामा औषधि खाएर उद्घाटन गर्दै सबै वडामा औषधि सेवन सुरु गर्दा सो बराबरले औषधि सेवन गरेको हो । अध्यक्ष काफ्लेले औषधि खार्दै यो रोग लाम्खुटेबाट सर्ने भएकोले सबै कानेपोखरी बासीले खान आग्रह गरेका थिए । उद्घाटनमा स्थानीय नेता भोला अधिकारी, स्वास्थ संयोजक रोहिन्द्र कुमार राजभण्डारी, स्वास्थकर्मी लगाएतले खाएका थिए ।
शनिबार नै गाउँपालिकाको ७ वडा कार्यालयमा एकै साथ सुरु भएको थियो । प्रत्येक वडाका वडाध्यक्ष, वडासदस्यहरु र स्वास्थकर्मीले औषधि खुवाएको थियो । वडा नं. ७, ६, ४ र ३ वडामा १५ सय जना, वडा नं. १ होक्लाबारीमा ५ सय जना र वडा नं. ५ र २ मा १ सय जनाले औषधि सेवन गरेका थिए ।
गाउँपालिकाले गत बर्ष ७९ प्रतिशत खुवाउन सफल भएको थियो । यस बर्ष ९५ प्रतिशत हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।