पथरीमा बस पल्टीदा १८ जना घाइते

पथरी। मोरङको पथरीशनिश्चरे नगरपालिका स्थीत पथरीमा यात्रुबाहक बस गती अनियन्त्रीत भई बस पल्टीदा बसमा सवार १८ जना घाइते भएका छन् ।

लेटाङ नगरपालिका–९, जाँतेबाट पथरीबजार आउँने क्रममा को १ ख ७९५३ नम्बरको सम्झना ट्राभल्सको यात्रु बोकेको बस सोमबार दिउँसो पल्टीदा सो बराबरको यात्रु घाइते भएको हो । बसमा ३५ जना यात्रु सवार थियो । अन्य भने सकुसल छन् ।

 

तिव्र गतिमा रहेको बसको स्टेरिङ फेल भएकाले अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएका छन् । दुर्घटनमा घाइते भएका सबैको अवस्था सामान्य रहेको र उनीहरुको पथरीको विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दीलिपकुमार गिरीले जनाए । बसका चालक लेटाङ नगरपालिका–९ घर भएका २९ वर्षिय रामकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित खवर