पथरी । हात्तिपाईले रोग विरुद्धको औषधि दुई बर्ष देखि माथीकालाई खुवाउन पथरीशनिश्चरे नगरपालिका विभिन्न वडाको घर घरमा स्वास्थकर्मीको टोली खटिएको छ । हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गराउने अभियान अन्तर्गत बुधबार पाँचौं दिनमा ३९ हजार नगरवासीले औषधि सेवन गरेका छन् ।
अभियानको पाचौं दिन नगरमा ४ दिनमा नगरका १० वडाका ३८ हजार ८ सय ८८ जनाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । बुधबार भुटानी शरणार्थी सहित ६ हजार ६ सय १८ जनाले औषधि सेवन गरेको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताए ।
वडा नम्वर १ मा १ हजार १ सय १२, वडा नं. २ मा ७ सय ६०, वडा नं. ३ मा ५ सय ४०, वडा नं. ४ मा ५ सय ७४ र वडा नं. ५ मा ६ सय २४ जनाले औषधि सेवन गरेका छन् । त्यसैगरी, वडा नम्वर ६ मा ७ सय ७१, वडा नं. ७ मा ४ सय ४५, वडा नं. ८ मा ६ सय ११, वडा नं. ९ मा ५ सय ९० र वडा नं. १० मा ५ सय ९१ जनाले औषधि सेवन गरेको तथ्यांक रहेको छ ।